तुलसीपुर, २३ असार । पातुखोलामा डुबेर एक बालकको निधन भएको छ । तुलसीपुर उपमहानगरपालिका–७ गैरापातु निवासी तुलसी दमाईका ११ बर्षीय छोरा रबिन परियारको पातुखोलामा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिएका छन् ।
साथीसंगै खोलामा नुहाउन गएका बालक डुबेको अवस्थामा स्थानीयले फेला पारेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख मल्लले जानकारी दिए । प्रहरी प्रमुख मल्लका अनुसार पानीमा डुबेको अवस्थामा बालकको उद्धार गरेर उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो । उनको दिउँसो साढे तीन बजेतिर उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।