कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक असार २७ गते बस्ने

दाङ,२० असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यहि असार २७ गते बस्ने भएको छ । लामो समयदेखि मिति तोकिदै सर्दै आएको बैठक २७ गते बस्ने भएको हो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा प्रदीप पराजुलीले बुधबार विज्ञप्ति जारी गर्दै असार २७ गते अपराह्न १ बजे केन्द्रीय कार्यसमितिको बैठक बस्ने जानकारी दिएका छन् ।