घोराही,१९ असार । स्वच्छ नेपालको आयोजना र नेपाल टेलिकमको प्रयोजनमा तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा संचार तथा सुचना प्रविधिमा महिलाहरुलो पहुँच सम्बन्धि जनचेतनामुलक कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।
स्वच्छ नेपालका अध्यक्ष बिन्दु गिरिको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा वडा अध्यक्ष शिवानन्द डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष डिसीले संचारको क्षेत्रमा विश्वले फडको मारेको बताउदै संचार र प्रविधिले हाम्रो जनजीवन सरल र सहज बनाएको बताएका थिए ।
प्रमुख अतिथी वडा अध्यक्ष डिसीले सामाजिक संजाल, सुचना र प्रविधिहरुले हाम्रो दैनिकी समेतमा सहजता ल्याउन उपयोगि भएतापनि गलत प्रयोगले समाजमा विकृती र विसंगति देखा परेको बताउदै जनचेतनामुलक कार्यक्रमले देखाउने बताए ।
कार्यक्रममा वडा सचिव विकले सामाजिक संजालमा गर्ने गलत क्रियाकलापले परिवार र समाज भाडिदै गएको पनि बताउदै सामाजिक संजाल विकृति रहित बनाउनु पर्ने बताए । सस्थाका सस्थापक अध्यक्ष सुशीला पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल दुरसंचार प्राधिकरण घोराहीका माधव खनालले नेपाल टेलिकमको सेवा, सुविधा , प्रभावकारिता र यस्को उपयोगिताका बारेमा जानकारी गराएक थिए ।
संघका दाङ शाखाका उपाध्यक्ष वसुन्धरा गौतमले सुचना, संचार, आम संचार, सामाजिक संजाल र महिलाको पहुँच, सहभागिता, चुनौती र अवसरको बारेमा जानकारी सहभागीहरुलाइ जानकारी गराएका थिए ।
३५ जना महिलाको सहभागी रहेको कार्यक्रममा सहभागीहरुलाइ निशुल्क सिमकार्ड प्रदान गरिएको थियो । सञ्चार तथा सुचना प्रविधि मन्त्रालय अन्तर्गत सचेतनामुलक कार्यक्रम नेपाल टेलिकमको प्रायोजनमा स्वच्छ नेपालले घोराही उपमहानगरपालिका वडा नम्बर ९,१० ,१५,१६ र तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १६ र १८ मा गरि जम्मा ६ वटा वडामा कार्यक्रम संचालन गरिएको थियो ।
कार्यक्रमका सहभागीहरुले तालिम उपयोगि र समसामयिक विषयमा केन्द्रित संचालन गरिएको भन्दै कार्यक्रमलाई विद्यालय तहमा पनि संचालन गरिनु पर्नेमा जोड दिएका थिए । उक्त कार्यक्रमको सहजीकरण सदस्य गिरिराज नेपालीले गरेका थिए ।