सञ्चार तथा सुचना प्रविधिमा महिलाहरुको पहुँच सम्बन्धी अन्तरक्रिया

दाङ, १८ असार । सञ्चार तथा सुचना प्रविधिमा महिलाहरुको पहुँच सम्बन्धी जनचेतनामूलक कार्यक्रम तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा सप्पन्न भएको छ ।

स्वच्छ नेपालका अध्यक्ष बिन्दु गिरीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष माधव वलीको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष वलीले सञ्चार सुचना र प्रविधि मानव जीवनको अभिन्न अंग भएको बताए ।

वडाध्यक्ष वलीले सञ्चारले मानव जीवनलाई सरल र सहज बनाउँदै लगेको र सामाजिक सञ्जालमा गरिने मानवीय क्रियाकलापले हाम्रो समाजलाई कहाँ पुर्याउछ भन्ने तर्फ ध्यान दिन आवश्यक रहेको बताए ।

वडा अध्यक्ष वलीले सामाजिक सञ्जाल सुरक्षित नरहेको बताउँदै यसमा प्रयोगकर्ता होसियार हुनुपर्ने बताए । सहभागीहरुलाई नेपाल दुरसञ्चार प्राधिकरण घोराहीका प्रमुख प्रशासनिक अधिकृत कार्यलय प्रमुख माधव खनालले नेपाल टेलिकमको सेवा, यसको सुबिधा , प्रभावकारिता र उपयोगिताका बारेमा जानकारी गराएका थिए ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष वसुन्धरा गैतमले सूचना , सञ्चार , सामाजिक सञ्जाल र यसमा महिलाको सहभागिता , चुनौती र आवश्यकताका बारेमा जानकारी गराएकी थिइन् ।

स्वच्छ नेपालका सस्थापक अध्यक्ष सुशीला पौडेलले संस्थाको परिचय एवं तालिमको उद्देश्य बारे प्रकाश् पार्दै स्वागत मनतब्य राखेक थिइन् । कार्यक्रममा गठयारी कृषि सहकारी संस्थाका अध्यक्ष लक्ष्मी चौधरी , बिजौरी साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष चित्रा धिताल, सहभागी कमला भण्डारी ,दलित पत्रकार संघ दाङ जिल्लाका उपाध्यक्ष गिरीराज नेपाली लगायतले बोल्नु भएको थियो ।

तालिममा ५५ जनाको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका सचिव रेखा शर्माले गरेकी थिइन् ।