नारायणपुरमा सूचना प्रविधि सम्वन्धी सचेतना

घोराही,१७ असार । नारायणपुरमा सञ्चार तथा सूचना प्रविधिमा महिलाको पहुँज सम्वन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।

स्वच्छ नेपाल दाङको आयोजना र नेपाल टेलिकमको प्राविधिक सहयोगमा घोराही उपमहनगरपालीका वडा न १० नारायाणपुरमा संचार तथा सुचना प्रविधिमा महिलाको पहुँच सम्वन्धी जनचेतनामुलक कार्यक्रम भएको हो ।

स्वच्छ नेपालका अधयक्ष बिन्दु गिरीको अध्यक्षता तथा घोराही उपमहनगरपालिका वडा न १० का वडा अध्यक्ष दिपक पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सूचना र प्रविधिको पहुँचमा महिलाहरुको सहभागीता बढाउन आवश्यक रहेको बताएका थिए ।

कार्यम्रममा बोल्दै प्रमुख अतिति पाण्डेले संचार र प्रविधीले हाम्रो जनजीवज सहज र सरल बनाउदै लगेको वताए । उनले प्रविधिलाई आत्मसत गर्दै अगाडी वढनु अहिलेको आवश्यक्ता रहेको बताएका थिए ।

कार्यक्रममा कार्यक्रमका प्रमुख प्रशिक्षक दुरसंचार प्रधिकरण घोराहीका कार्यालय प्रमुख माधब खनालले प्रबिधि जीवनको अभिन्न अंग भएको बताउदै आफुले प्रयोग गर्न प्रबिधि र यसका माध्यमको सरसफाइ आजको आवश्यकता भएको वताएका थिए । सूचना र प्रविधिको युगमा यसको उचित प्रयोगले मानिसको जनजीवन सहज भएपनि यसको प्रयोगमा उचित सावधानी अपनाउनुपर्ने बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष बसुन्धरा गौतमले संचार , सुचना र प्रबिधिमा महिलाको सहभागीता लगायतका विषयमा जानकारी गराएकी थिइन । कार्यक्रममा सहभागीहरु सुस्मीता चौधरी र कमला मल्लले कार्यक्रम निकै प्रभावकारी भएको वताउनु भएको थियो।