प्रतिष्ठानमा आँखाको बाहिरी भागमा पलाएको मासुको सफल शल्यक्रिया

घोराही,१२ असार । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आँखाको बाहिरी भागमा आउने स–साना गिर्खाहरुको सफल शल्यक्रिया भएको छ ।

रोल्पा निवासी २५ बर्षीय जानकी महराको आँखाको बाहिरी भागमा पलाएको मासुको सफल शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानकी नेत्र रोग विशेषज्ञ डा.विनिता केसी, नेत्र सहायक दिब्या थापासहितको चिकित्सकको टोलीले आँखाको बाहिरी भागमा पलाएको मासुको सफल शल्यक्रिया गरेको हो ।

‘आँखाको बाहिरी भागमा पलाएका स–साना गिर्खाहरु जस्तै देखिने मासुको अव प्रतिष्ठानमै अप्रेसन गरेर फाल्न सकेका छौ’, नेत्र रोग विशेषज्ञ केसीले भनिन्,‘अव आँखाको बाहिरी भागमा पलाएका गिर्खाहरुका बिरामीहरु उपचारका लागि बाहिर जानु पर्दैन ।’

नेत्र रोग विशेषज्ञ डा. केसीले प्रतिष्ठानमा पहिलो पटक आँखाको बाहिर छेउछाउमा पलाएको मासुको सफल अप्रेसन गरिएको समेत बताइन ।