बर्दिया बन्यो लुम्बिनी प्रदेश महिला तथा पुरुष रग्बीमा च्याम्पियन

लक्ष्मण बस्नेत
दाङ, २७ जेठ । बर्दिया जिल्ला लुम्बिनी प्रदेशस्तरीय महिला तथा पुरुष रग्बी प्रतियोगिता–२०८० को च्याम्पियन बनेको छ ।

लुम्बिनी प्रदेश रग्बी संघको आयोजनामा दाङको बेलझुन्डी रंगशालामा शनिवार सम्पन्न लिग खेलमा लगातार जित निकालेको बर्दिया जिल्लाको महिला तथा पुरुष दुबै टिमले सर्वाधिक १२÷१२ अंकका साथ शिर्ष स्थानमा रहदै च्याम्पियन भएको हो ।

महिला र पुरुष टिम नै च्याम्पियन भएको बर्दियाले नगद ५० हजार,कप तथा मेडल प्रमाणपत्र हात पा¥यो । लिगमा बर्दिया जिल्लाको पुरुष तथा महिला टिम संग ४÷ ४ अंकले पछाडी परेको बाँके जिल्ला उपबिजेता भयो । त्यस्तै दाङको महिला तथा पुरुष टिम तृतीय भएको रग्बी संघ दाङका सचिव सन्तोष बुढाथोकीले जानकारी दिएका छन् ।

दुई दिनसम्म संचालन भएको प्रतियोगितामा दाङ, बाँके र बर्दिया जिल्लाका गरि महिलातर्फ ४ र पुरुषतर्फ ४ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन समारोह लुम्बिनी प्रदेश रग्वी संघका अध्यक्ष नवीन थापाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न १७ का अध्यक्ष थलराज पुरीको प्रमुख आतिथ्य एवं नेपाल रग्वी डेभलपमेन्ट कमिटी मेम्बर ताईसुके मियायोको विशिष्ट आतिथ्यमा भएको थियो ।

त्यसअबसरमा बिजेता टिम तथा खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथी, विशिष्ट अतिथीको हातबाट पुरस्कार प्रदान गरिएको थियो । आयोजकले प्रतियोगिता भब्य एवं सभ्य रुपले सम्पन्न गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने विभिन्न संघ संस्था तथा व्यक्तिलाई प्रशंसापत्र प्रदान गरेको थियो । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।