दंगीशरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम सुरु

दंगीशरण, १६ जेठ । दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० को वार्षिक कार्यक्रमहरुको समिक्षा तथा वडा कार्यालयहरुको सेवा प्रवाह सम्बन्धि जनताको राय सुझाव संकलनका लागि सार्वजनिक सुनुवाइ सुरु गरेको छ ।

वडा नं. १ देखि सार्बजनिक सुनुवाइ सुरु भएको र २४ गते पालिकास्तरीय गरेपछि सकिने गाउँपालिकाका सुचना अधिकारी टेकबहादुर खत्रीले जानकारी दिएका छन् । वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले स्वास्थ्य,शिक्षा,भौतिक पूर्वाधार तथा वडाको विकास निर्माणप्रति प्रश्न गरेका थिए । सहभागीले रासायनिक मल सहज रुपमा उपलव्ध गराउनका साथै महिलाहरुलाई सहभागीतामुलक तालिमको माग गरेका थिए ।

वडा अध्यक्ष खत्रीले वडा कार्यालयले दिने सेवा प्रवाहका बारेमा जानकारी दिदै गुणस्तरीय र सहज सेवा प्रवाहका लागि प्रतिवद्ध रहेको जानकारी गराएका थिए । सहभागीले उठाएको प्रश्नको जवाफ दिदै वडा अध्यक्ष भण्डारीले चुनावका गरेको प्रतिवद्धता अनुसार जनताको सेवाक लागि सडक,खानेपानी,विद्युतलगायतका पूर्वाधारहरु पु¥याउने अवस्थामा रहेको बताएका थिए ।

फुर्केसल्लीमा विद्युतको लागी पोल विस्तार गरी तार तान्ने काम सकिएको भन्दै अव छिट्टै मिटर बक्स जडान गरी बिजुली विस्तार गरिने बताए । उनले स्वास्थ्य इकाइको पहलमा पहिलो कार्यकालदेखिनै चासो राख्दै आएको भन्दै गाउँपालिका उपाध्यक्ष पिमा वलीको पहलमा स्वास्थ्य इकाइ निर्माणाधिन रहेको र छिट्टै २ जना एच.एसहितको सेवाप्रवाह गरिने बताए ।

त्यस्तै सञ्चारबाट टाढारहेको फुर्केसल्लीमा नेपाल टेलिकमको टावर निर्माण भइरहेको र सञ्चार, स्वास्थ्य र बिजुली बत्तीको पहुँच पुगे फुर्केसल्ली पनि पालिकासङ्ग सजिलै जोडिने अपेक्षा रहेको अध्यक्ष भण्डारीले बताएका थिए । सार्वजनिक सुनुवाइमा स्थानीय बुद्धिजीवी मोहन चौधरी,यज्ञबहादुर बिष्ट, बामदेव बिष्ट, हरिबहादुर विकलगायतलेृ धारणा राखेका थिए ।
दगीशरण गाउँपालिकाका सुचना अधिकारी टेकबहादुर खत्रीले स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेस संयोजक प्रमोद आचार्यले गरेका थिए ।