दाङ ११ जेठ l नेकपा एमाले दाङले एमाले लुम्बिनी प्रदेश कमिटि सल्लाहकार तथा किसान नेता सुन्दर चौधरीकी श्रीमति बुझौनी चौधरीको निधनमा बिहीवार उनकै निवास घोराही ६ पक्वैमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षता एवम नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद सदस्य शम्भु गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । ‘दाङको किसान आन्दोलनमा चौधरी परिवारको ठुलो योगदान छ’ गौतमले भने । २०३६ सालको आन्दोलनमा उनको घरलाई नेताहरुले सेल्टर बनाएका थिए ।
चौधरीको जेठ ४ गते ७९ वर्षको उम्मेरमा निधन भएको थियो ।श्रद्धाञ्जलीसभामा घोराही उपमहानगरपालिका वडा न.६ का वडाध्यक्ष विष्ण्ुाराम आचार्य, पद्मोदय मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरी लगायतले शोक मनतव्य राखेका थिए ।
सभामा स्व चौधरीले पार्टी र समाजमा पुराएको योगदानको बारेमा एमाले नेता विरबहादुर चौधरीले प्रकाश पारेका थिए । परिवारकोतर्फवाट स्व चौधरीका श्रीमान सुन्दर चौधरीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण एमाले दाङका सचिव मनोहर बुढाथोकीले गरेका थिए