calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

जिपको ठक्करबाट दाङ शिक्षिकाको मृत्यु

दाङ, ११ जेठ । दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा एक जना शिक्षिकाको मृत्यु भएको छ । जिपको ठक्करबाट गम्भिर घाइते तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीय सीता लम्सालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिएका छन् ।

जीपको ठक्करबाट गम्भिर घाइते सीताको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रमुख मल्लले बताए । बिहिबार बिहान करिब १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ज ९२३ नम्बरको जीपले विपरित दिशातर्फ गइरहेको रा ७ प ४२३७ नम्बरको स्कुटरलाई दंगीशरण गाउँपालिका–५ कमलगढीमा ठक्कर दिएको थियो ।

मृतक सीता गुरुजजुर माबि रक्षाचौरका शिक्षक झकुप्रसाद खत्रीकी श्रीमती हुन । सीताले मावि तुलसीपुर धनौरी शान्तिनगरमा पढाउने काम गर्दै आएकी थिइन । उनी बिहिबार बिहान विद्यालयमा पढाउने जाने क्रममा जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।