तुलसीपुर, ११ जेठ । नेपालमा जन्मिएर हाल अमेरिकामा बस्दै आयका सरोजकृष्ण पुरी र तारा गिरी पुरीले बादी संरक्षण सरोकार मञ्च सुर्खेतलाई सहयोग गरेका छन् ।
अमेरिकाको ८०५ रेड फक्स रन टाउसन मेरिल्याडमा बस्दै आयका पुरी दम्पतिले ५० हजार सहयोग गरेका हुन् । बादी सरोकार मञ्चका निर्देशक हिक्मत बादीलाई नेपाली काँग्रेसका नेता तथा लुम्विनी प्रदेशका निवर्तमान प्रदेशसभा सदस्य शंकर गिरीले सो रकम हस्तान्तरण गरेका थिए ।
नेपाली काँग्रेसका नेता केशव आचार्य, क्षेत्र नंं ३ क का सभापति देवेन्द्र रिजाल ‘ख’ का सभापति खिमबहादुर वली, विरेन्द्र नगर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष ऋषि गिरी, सदस्य मानबहादुर चौधरी, नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीलगायतको सहभागीतामा सो रकम हस्तन्तरण गरिएको थियो ।

कार्यक्रममा विरेन्द्र नगर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष ऋषि गिरीले सहयोग गर्ने दातापरिवारलाई धन्यवाद दिएका थिए । त्यस्तै बादी सरोकार मञ्चका निर्देशक हिक्मत बादीले सहयोग गर्ने पुरी दम्पतीलाई धयन्वाद दिदै थप सहयोगको अपेक्षा समेत गरेका थिए । बादि बालबालीको पालन पोषण र पठनपाठनमा सहयोग पुगोस भन्ने हेतुले थोरै भएपनि सहयोग गरेको र आगामी दिनमा अन्य सहयोग हुने नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीले जानकारीदिए ।
बादी सरोकार मञ्चमा विभिन्न जिल्लाका ११० जना बालबालिकाहरु बस्दै आएका छन् । दाङलगायत विभिन्न जिल्लाका बालबालिकाहरुको संरक्षण मञ्चले गरेको छ । कार्यक्रमको सहजिकरण समाजसेवि चिरञ्जीवि रिजालले गरेका थिए ।