सहकारी सञ्चालकलाई क्षमता विकास तालिम

दाङ,७ जेठ । जिल्ला सहकारी संघ दाङको आयोजनामा घोराही उपमहानगरपालिकाभित्र रहेका सहकारीका सञ्चालकहरुलाई क्षमता विकास तालिम प्रदान गर्न थालिएको छ । तालिमको आइतवार एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ ।

तालिममा विभिन्न सहकारी संस्थाका गरेर ३६ जनाको सहभागिता रहेको छ । तालिम उद्घाटन कार्यक्रम जिल्ला सहकारी संघका तालिम संयोजक हरिप्रसाद शर्माको अध्यक्षता तथा जिल्ला सहकारी संघका अध्यक्ष हेमराज गौतमको प्रमुख आतिथ्यतामा भएको थियो । जिल्ला सहकारी संघका उपाध्यक्ष माधव खनालको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सरस्वती सुवेदीले गरेकी थिइन् ।

तालिम ३ दिनसम्म सञ्चालन हुने भएको छ । तालिमका प्रशिक्षकहरुमा शुक्रराज भण्डारी, होमलाल भुसाल, हेमराज गौतम, हरिप्रसाद शर्मा, खुशलराम शर्मा, अञ्जन पौडेल, प्रेम केसी र रामकृष्ण आचार्य रहेका छन् ।