१० महिनामा साढे १६ हजारले लिए सूचना

रीता लामा
घोराही,६ जेठ। वैदेसिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनको लागि दाङका घोराही उपमहानगर, तुलसीपुर उपमहानगर, लमही नगरपालिका र ववई गाउँपालिका द्धारा संचालित सुरक्षित आप्रवासन कार्यक्रम९सामी० अन्तरगत जिल्लामा संचालित तीन वटा सुचना केन्द्रबाट दश महिनाको अवधीमा १६ हजार बढीले सुचना लिएका छन् ।

सुरक्षित आप्रवासन कार्यक्रम (सामी) की जिल्ला संयोजक बसन्ती पुनले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७९÷८०को साउन महिनादेखि वैशाखको अन्तिमसम्म तीन वटा सुचना केन्द्रबाट १६ हजार सात सय नौ जनाले सुचना लिएका हुन् । जसमा १२ हजार ४ सय ५६ जना पुरुष र चार हजार दुई सय ५३ जना पुरुष रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय घोराहीको हाता भित्र संचालित सुचना तथा परामर्श केन्द्रबाट यस आर्थिक बर्षको दश महिनामा आठ हजार एक सय २ जनाले सुचना लिएका छन् । भने तुलसीपुर इलाका प्रशासनको हाता भित्र संचालित उपकेन्द्रबाट पाँच हजार छ सय ९४ जना र लमही इलाका प्रशासनको हाता भित्र संचालित अर्को उपकेन्द्रबाट दुई हजार नौ सय १३ जनाले सुचना लिएका छन् ।

सामी कार्यक्रम अन्तरत संचालित सुचना केन्द्रबाट परामर्श मात्रै नभएर वैदेसिक रोजगारसँग जोडिएको ठगी, विदेशमा समस्या, विरामी, अंगभंग, मृत्यु, सम्पर्क विहिन, उद्धारलगायतको समस्या भएका दुई सय ३९ जनाले उजुरी दर्ता गराएका छन् । दर्ता भएका उजुरी मध्य एक सय तीन वटा उजुरी यसै बर्ष समाधान भएका छन् भने एक सय २२ वटा उजुरी अहिले पनि प्रक्रियामा छन् यस्तै ९ वटा उजुरी विभिन्न कारणले बन्द गरिएका छन् ।

सुचना केन्द्रले दिएको जानकारी अनुसार सामी कार्यक्रम अन्र्तगत र वैदेसिक रोजगार वोर्ड अन्तरगत संचालन हुने तालिमको लागि यस आर्थिक बर्षको दश महिनामा दुई सय जनाले तालिमको लागि सिफारिस लिएका छन् । सामी कार्यक्रमले वैदेसिक रोजगारमा जाने युवायुवतीहरुको लागि निशुल्क आवसिय तालिम दिदै आइरहेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वीस सरकारको सम्झौता अनुसार संघिय सरकारको नेतृत्व, प्रदेश सरकारको सममन्वयमा सामी कार्यक्रम देश भरका ३९ वटा जिल्लाका एक सय ५६ वटा पालिकाममा अहिले संचालनमा रहेको छ ।