लगनशिल कर्मठ तथा सबैको मनमा बस्न सफल उनी साहित्य, पत्रकारीतादेखि समाज सेवामा तलिन छन् । मुस्कान सहित आफ्नो कर्ममा तलिन साविक बिजौरी –३ मनिकापुरमा बुवा मिनबहादुर बस्नेत र आमा हुमाकुमारी बस्नेतका माइलो सन्तान दामोदर बस्नेत (राकेश)ले जिवनमा आफ्ना धेरै खुसी र दुःखका पलहरु भएको सुनाए ।
साहित्यिक नाम राकेश दिनदया बस्नेतले परिचित बस्नेतले आफ्नो पहिलो खुसी रेडियो नेपालबाट आफ्नो नाम पहिलो पटक प्रशारण हुँदा लागेको सुनाए । ‘त्यतिबेला जो कोहीको नाम रेडियोमा सुनिदैन्थ्यो मेरो नाम सुनियो त्योदिन निकै खुसी भएको थिए’ बस्नेतले भने । स्कूलदेखि तथा कलेजसम्म आउँदा सबभन्दा बढी खुसी रेडियो नेपालबाट आफ्नो नाम पहिलो पटक प्रशारण हँुदा असाध्यै खुसी लागेको सुनाए ।
‘खुसीले होला सायद त्यसपछि निरन्तर आप्mना सिर्जनाहरु रेडियो नेपाल अनि रेडियो नेपालको क्षत्रीय प्रशारण केन्द्र सुर्खेतमा पनि पत्र पठाउन थालियो –उनले भने । बस्नेत भन्छन् – अहिले जस्ता एफएम केही थिएनन् त्यो बेला सायद त्यही भएर होला रेडियो नाम आयो या कुनै सिर्जना आयो भने देश भित्रमात्र होइन छिमेकि देश भारतको दार्जलिङ, सिकिमबाट समेत पत्रमित्रको चिठी आउथे । त्यस्तै उनले अर्को खुसी पहिलो पटक पत्रमित्रसँग भेट भइ करिब एक हप्ता जति घुमियो त्यो नै बनेको बताए ।
रेडियो नेपाल, त्यो बेलाका चर्चित पत्रिका युवामञ्च, रसरंग, सिनेसम्वन्धि कामना म्याकजिङ, बाल पत्रिका मुनामा आफ्ना सिर्जना प्रकाशित हँुदा पनि खुसी भएको सुनाए । पत्रकार बस्नेतले तुलसीपुरवाट प्रकाशित हुने पत्रिका सिमारेखामा पनि करिब ६ महिना काम गरेको बताउछन् । त्यसपछि रेडियो तुलसीपुरमा पहिलो पटक आफ्नो आवाजवाट कार्यक्रम सञ्चालन गर्न पाउँदा पनि अत्याधिक खुसी भएको क्षण सम्झन्छन् ।
‘एफएममा पनि करिब ६ महिना काम गरे पश्यात सुचनापत्रमा बढी काम गर्न थाले , संघर्ष नै जीवनको अर्काे सफलताको बाटो खुल्छ भन्ने भनाइलाई आत्मसाथ गर्दे सूचनापत्रमा निरन्तर रुपमा लागिरहे । उनले भने ‘ आप्mनै क्षेत्र बिजौरीबाट १३ वर्ष अघिदेखि विजौरीबाट साक्षी खबर पत्रिका प्रकाशित गर्दापनि अर्को खुसी प्राप्त भएको थियो ।’साक्षी खबर पत्रिकाका प्रकाशक तथा सम्पादक बस्नेतले अर्को खुसी पत्रमित्रताबाट चिनजाँन भएकोलाई बहिनी बनाउन पाउँदा लागेको सुनाए ।
‘हाम्रो घरमा हामी तिन भाई मात्र थियौ दिदी बहिनी थिइन् तर पत्रमित्रताबाटै मैले बहिनी पाए त्यो पनि मेरो खुसी हो’ उनले भने । उनले रगतको नाता नभएपनि भावनाको नाताले आफुले बहिनी पाएको भन्दै खुसी व्यक्त गरे । उनले आफ्नो बालापनको अवस्थालाई हेर्न हो भने सायद अहिले यो फिल्डमा आउछु जस्तो नलागेको सुनाए ।
‘कक्षा ७ सम्म त म स्कूल नै नियमित जादैन थिए, उ बेला फिलिम भनेपछि खाना पनि खाँदैन थिए ,जब जनता संस्कृत मा.वि बिजौरीबाट कक्षा ८ मा जनकल्याण मा.विमा पढ्न गए मेरो अध्ययनले नयाँ फड्को मा¥यो’ बस्नेतले भने । बस्नेतले विदेशि संस्थाले कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरु अट्ने गरी ११ सदस्यी ग्रिन क्लव गठन गरको र आफुलाई सदस्य बनाएको बताए । उक्त क्लवले पाक्षीक रुपमा भित्रे पत्रिका प्रकाशन गर्न आफ्नो जिम्मामा आइलागे पछि अन्तत आफु पुरै अध्ययन शिलमा लगाव हुन थालेको भन्दै खुसी व्यक्त गरे ।
उनले स्कुले जीवनबाट सुरु गरेको पत्रकारीताको यात्रा अझैसम्म पनि जीवनत रहेको भन्दै खुसी व्यक्त गरे । ‘आफ्नै क्षेत्रबाट बिजौरीबाट १३ वर्ष अघिदेखि साक्षी खबर पत्रिका प्रकाशित गर्दा पनि अत्याधिक खुसी मलाई मिलेको छ’ बस्नेतले भने । बस्नेतले घरको आर्थिक अवस्था पनि धेरै बलियो नभएकोले विदेशको पनि भूत सवार भएपछि एक वर्षसम्म आफु मलेसिया बसेको बताए । ‘जब विदेश गए तब देशको अवस्था झन जान्न पाइयो त्यसपछि दुखी मन भयो’ बस्नेतले भने ।
त्यस्तै पत्रकारिता साहित्यका साथै जुरपनियाँ खानेपानीको सचिवको जिम्मेवारी पाउँदा पनि अर्र्को खुुसी मिलेको सुनाए । त्यस्तै साक्षी वचत तथा ऋण सहकारीको अध्यक्ष, किवानिस राप्तीको सदस्य, बिजौरी उद्योग वाणिज्य संघको प्रेस संयोजकलगायतका संस्थामा आवद्ध भएर सामाजिक क्षेत्रमा अग्रसरता हुन पाउँदा पनि अर्को खुसी मिलेको उनले सुनाए । ‘सामाजिक संघ संस्थामा पनि मेरो सहभागीता छ, सबै साथीभाई आफ्न्तहरुको साथ सहयोग पाउँदा खुसी लाग्ने गर्छ’ उनले भने ।
सामाजिक तथा पत्रकारीतामा लागि रहँदा देशका विभिन्न जिल्लाहरुलगायत भारतको राजिस्थान, दिल्ली, लखनउ, केही महिना अघि सिंगापुर र पुन मलेसिया विभिन्न कार्यक्रममा सहभागी हुन पाउँदा पनि मलाई खुसी लागेको बताए । ‘म धेरै वर्ष पहिले कमाउन मलेसिया पुगेको थिए अहिले रमाउन पुग्दा अर्को खुसी लागेको थियो’ बस्नेत भने ।
संघर्षको जीवनको अर्को प्रगतिका बाटा खुल्नु भने जस्तै ग्रामीण स्थान बिजौरीमा कम्प्युटर सेन्टर पनि केही वर्ष सञ्चालन गरेको र समय अनुसार उक्त कम्प्युटर ५ वर्षपछि बन्द गराइ हाल साक्षी खबर पत्रिका, एउटा अनलाइन पत्रिका अनि इमेज टेलिभिजनमा आवद्ध भइरहको भन्दै खुसी व्यक्त गरे । ‘सायद पहिलादेखि नै यो सञ्चारको क्षेत्रमा बिस्तारै प्रवेश गरेकोले होला । अहिले पुरै जरा नै गाडी सकेको जस्तो भएको छ ।
करिब २० वर्षभन्दा बढी यो क्षेत्रमा लागिरहेका बस्नेतले आफ्नो कार्यमा घरपरिवार साथीभाई इष्टमित्रले सहयोग गर्दा निकै खुसी लाग्ने गरेको सुनाए । ‘मलाई सबैबाट सहयोग मिलेको छ । दिएको जिम्मेवारी पूरा गर्न म जहिले पनि तलिन हुन्छ । त्यो पूरा गर्छु यही नै मेरो खुसीका पलहरु हुन्’ पत्रकार बस्नेतले भने । तुलसीपुर १८ निवासी राकेश बस्नेत साक्षी खबर पत्रिकाका प्रकाशक सम्पादक तथा साक्षी वचत तथा ऋण सहकारीको अध्यक्ष, किवानिस राप्तीको सदस्यलगायत विभिन्न संघ संस्थामा आवद्ध छन् ।
प्रस्तुती : बालाराम खड्का