बक्सिङ संघ दाङमा नयाँ नेतृत्व

नेपाल बक्सिङ संघ दाङमा नयाँ नेतृत्व चयन गरिएको छ । तुलसीपुरमा मंगलवार भएको खेलाडीहरुको भेलाले विशालजंग शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा समिर सिद्धिकी र जयबहादुर घर्ती, सचिवमा हस्तबहादुर जिएम, सहसचिवमा कृष्टिना खाती, कोषाध्यक्षमा दिपक केसी र सहकोषाध्यक्षमा एलिसा सेन्चुरी रहेका छन् । बक्सिङ संघको सदस्यहरुमा अमितसिंह ठकुरी,मानबहादुर राना, ताराबहादुर राना, युरेन्द्र बुढा, बिजय बस्नेत र पुष्पगुराँश वली रहेका छन् ।

भेलामा केन्द्रीय प्रतिनिधिका रुपमा शोभाजंग केसी,मन भण्डारी र ओमनारायण श्रेष्ठ रहेका थिए । लामो समयसम्म विवाद रहेको बक्सिङ संघ दाङमा नयाँ नेतृत्व चयनसँगै विवाद समाधान भएको छ । संघ विवादमा पर्दा जिल्लामा बक्सिङका गतिविधिहरु हुन सकेका थिएनन् ।