रगत अभाब हुन नदिन नयाँँ बर्षमा रक्तदान ।
प्रकाश डाँगी
तुलसिपुर, बैशाख १ । लकडाउनका कारण दाङमा रगतको अभाब देखिएपछि नयाँ बर्षको अवसर पारेर तुलसिपुरमा रक्तदान गरिएको छ । लकडाउनका कारण रगतको अभाब देखिएकोले रगत अभाबको कारण कसैले ज्यान गुमाउन नपरोस भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको रोट्रयाक क्लब तुलसिपुरका कमल डाङ्गीले बताए ।
जिल्लामा रगत अभाब हुन नदिन नयाँ बर्षको दिन तुलसिपुरमा रोट्रयाक क्लब तुलसिपुर र तुलसिपुर नगर जेसिसले रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । त्यस अबसरमा २३ जनाले रक्तदान गरेका थिए ।

रक्तदान गर्नेहरुमा प्रकाश डाँगी, भिमलाल मरासिनी, प्रतिक केसि, प्रदिप केसि, रन्जन सिंह, सुनिता देबकोटा, प्रदिप गोराथोकी, किरण पुन, सचिन पौडेल, समुन्द्र शाह, प्रमोद खत्री, पर्णबहादुर डागी, शैलेस वलि, बशन्त शाही ठकुरी, कृष्ण पोख्रेल, शिब न्यौपाने, मेघराज पोख्रेल, लक्षम्ण शर्मा, अर्जुन केसि, समिर शाह, भुवन केसी, इश्वर केसलगायतका युवाहरु रहेका छन् ।
