प्रमोद आचार्य
दंगीशरण,१ जेठ । बिरेन्द्र नमुना माध्यामिक बिद्यालय हेकुलीको आयोजनामा विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा बिद्यार्थीहरुका लागी एक हप्ते हस्तलेखन सुधार तालिम सोमवारदेखि बिरेन्द्र माध्यामिक बिद्यालय हेकुलीमा सुरु भएको छ ।
शिक्षामा उत्कृष्ट क्रियाकलाप गर्दै अगाडी बढेको बिद्यालयले बिद्यार्थीको गहनाको रुपमा आश्यक पर्ने हस्तलेखनको कार्यक्रमलाइ अगाडी बढाएको हो । पश्चिम दाङमै नमुना बिधालयको रुपमा परिचित विद्यालयले शैक्षिक शैक्षिक गुणस्तरीयताको सवालमा विभिन्न सैक्षिक कार्यक्रमलाई अगाडी बढाउदै आएको हो ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले अहिलेको प्रबिधि अनुसार विद्यार्थीले प्रविधियुक्त शिक्षा पाउनुपर्ने बताए । अहिलेको समयमा समयानुकुल प्रबिधीसँग चल्न शिक्षकहरुलाई आग्रह समेत गरे । कक्षा १० का विद्यार्थीहरुलाई उनीहरुको रुचि र माग अनुसार हस्तलेखन तालिमको आयोजना गरिएको विद्यालयका प्रधनाध्यापक खिमराज खनालले जानकारी दिएका छन् ।
बिद्यालयका प्रधानाध्यापक खिमराज खनालको अध्यक्षता तथा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता एवं शिक्षा शाखा दंगीशरणका प्रमुख बिनोद अधिकारीको विशिष्ट आतिथ्यतामा ५ दिने हस्तलेखन तालिमको उद्घाटन गरिएको हो ।