विकासले जोडिदै दंगीशरणको विकटबस्ती फुर्केसल्ली

प्रमोद आचार्य
दंगीशरण,१ जेठ । दंगीशरणको विकट ठाउँका रुपमा परिचित फुर्केसल्ली विकास निर्माणका कार्यले जोडिदै गएको छ । सडक,सञ्चार,विद्युत,स्वास्थ्यलगायतका अत्यावश्यक पूर्वाधारबाट टाढा रहेको फुर्केसल्लीमा जनप्रतिनिधिको पहलमा विकास निर्माणका कार्यहरु पुग्न थालेका छन् ।

भौगोलिक विकटताका कारण लामो समयदेखि फुर्केसल्लीवासी स्वास्थ्य, संचार र बिद्युतको सुबिधाबाट बन्चित ह्ुँदै आएका थिए । स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि लामो समय विकास निर्माणका कार्यबाट टाढा रहेको बस्ती सुगमतातिर आउँदै गरेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताएका छन् । त्यही अनुसार अहिले फुर्केसल्लीमा बत्ती पु¥याउनका लागि काम भैरहेको समेत बताए । उनका अनुसार एक हप्ताभित्रै बिजुली बत्ती बाल्न पाउने छन् ।

पालिकाले केहि दिन अगाडी फुर्केसल्लीमा बिधुत पु¥याउन धेरै बर्ष अगाडी त्यहाँ गाडिएका पोल र लत्रिएका तारलाई ब्यबस्थित गर्ने काम अगाडी बढाइएको थियो । गाउँपालिकाले बजेटनै छुट्टाएर ढलेका पोल र भुइमा झरेका तार तान्ने काम सम्पन्न गरेपछि आज बिधुत कार्यालय तुलसीपुरका प्रमुख ज्ञानबहादुर फर्सालसहित गाउँपालिका अध्यक्ष शम्भु गिरी र वडा नं. १ का वडा अध्यक्ष रमेश भण्डारीले उक्त बिद्युतलाइनको अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा बिद्युत कार्यालय तुलसीपुरका प्रमुख फर्सालले अबको एक हप्ताभित्रै फुर्केसल्लिमा बत्ती बल्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । एकपछि अर्को गर्दै बिकासले गती लिन नसकेको फुर्केसल्लीमा विद्युत, संचार र स्वास्थ्य सेवा पुगेपछि स्थानीयलाई सहजता हुने दंगीशरण गाउँपालिका अध्यक्ष गिरीले बताएका छन् । फर्केसल्लीमा केही दिन अगाडी मात्रै संचारको लागी टेलिकमको टावर निर्माणको काम सुभारम्भ भएको थियो ।

आफ्नो पहिलो कार्यकाल देखिनै फुर्केसल्लीमा संचारको पहुच पु¥याउन लागी परेकी गाउँपालिका उपाध्यक्ष पिमा खड्काले दोस्रो कार्यकालसम्म भएपनि संचारको काम अगाडी बढेकोप्रति खुसी ब्यक्त गरेकी छिन । दंगीशरण गाउँपालिका र वडा नंं. १ को नियमितको पहल र आफ्नो चुनावी प्रतिबद्ध्ता अनुरुप फुर्केसल्लीमा बिद्युत पु¥याउन लागिएको गाउँपालिका अध्यक्ष सम्भु गिरीले बताए । वडा न १ का वडा अध्यक्ष रमेश भण्डारीले हरेक विकासको हिसाबले पछाडी परेको फुर्केसल्लीमा स्वास्थ्य,विद्युत र संचारको पहुँच पुग्ने भएपछि निर्वाचनमा गरेको प्रतिवद्धता पुरा हुने चरणमा रहेको बताए ।