भुटानी शरणार्थी प्रकरणको सत्यतथ्य सरकारले बाहिर ल्याउनुपर्छ : सांसद देवकोटा
काठमाडौं, २६ वैशाख । राष्ट्रिय सभाका सांसद अनिता देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रुपमा गम्भीर ढङ्गले छानबिन गर्नुपर्ने बताएकी छिन ।
मङ्गलबार बसेको राष्ट्रिय सभा बैठकमा सांसद देवकोटाले यस्तो माग गरेकी हुन । उनले जनता वास्तविकता र सत्यतथ्य बुझ्न चाहिरहेको उल्लेख गर्नुहुँदै अपराधलाई संरक्षण गर्न नहुने बताइन ।
सांसद देवकोटाले भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रुपमा नै नेपालको छवि नराम्रो बनाएको बताएकी थिइन । उनले प्रकरणबारे निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइ दोषीलाई कारबाही गर्न माग गरिन । जनतालाई यस घटनाबारे सत्यतथ्य बुझाउनुपर्ने उनको भनाइ थियो ।
‘नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रुपमा गम्भीर ढङ्गले छानबिन गर्नुपर्छ । जनता वास्तविकता र सत्यतथ्य बुझ्न चाहिरहेका छन्’,संसद देवकोटाले भनिन्,‘अपराधलाई संरक्षण गर्नु हुँदैन । यो मुद्दाले अन्तर्राष्ट्रिय रुपमा नै नेपालको छवि नराम्रो बनाएको छ । निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइ दोषीलाई कारबाही गर्न माग गर्दछु ।’
