प्रदेश सरकारको मुख्य लक्ष्य आर्थिक विकास : मुख्यमन्त्री चौधरी
तुलसीपुर, २६ बैशाख । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश सरकारको मुख्य लक्ष्य आर्थिक विकास रहेको बताएका छन् । नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाको स्वर्ण जयन्ती बर्ष समापन तथा सभाहलको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री चौधरीले सरकारको पहिलो प्राथमिकतानै आर्थिक विकास रहेको बताए ।
उनले प्रत्येक बर्ष २ लाख मानिसलाई रोजगार दिने लक्ष्य रहेको बताए । तर कसरी र कुन माध्यमबाट रोजगारी श्रृजना गर्ने भन्ने कुरा भने प्रष्ट पार्न भ्यानन् । ‘अब हरेक घरमा प्रदेश सरकार हरेक घरमा प्रदेश सरकारको अभियान सञ्चालन गरेर दैनिक १० हजारदेखि १५ हजार कमाउने योजना सहित अगाडी बढेको बताए ।
मुख्यमन्त्री चौधरीले यहाँको त्रिशिद्देश्वरी मन्दिर र रेडक्रसको बल्ड बैंकको भवन निर्माणका लागि बजेट परेको बताए । रेडक्रसको भवन निर्णाणका लागि ९७ लाखको टेण्डर भएको छ । उनले तुलसीपुर बासीका लागि आफु सानो हुँदा सरस्वती पूजागर्न आउने मन्दिरलाई त्रिशिद्देश्वर मन्दिरका लागि १ करोड बजेट छुट्टाएको समेत बताए । पश्चिम दाङको विकासका लागि टरिगाउँ विमानस्थल, थारुराजको दरवार र पुरन्धाराको झरनाको संरक्षण सवृद्धन गर्न प्रदेश सरकार लाग्ने बताए ।
‘तुलसीपुरको एयरपोर्टको स्तरोन्नती गरी यहाँ ७२ सिटे विमान बसाल्न सकिन्छ, यसको अध्ययनका लागि हामीहरुले तयारी गरेका छौं, मुख्यमन्त्री चौधरीले भने । उनले पहिले यो एयरपोर्टलाई बिगारेको र अब करिब ६० देखि ७० करोडमा यसको स्तरोन्नती गर्न सकिने बताए । उनले यसका लागि केन्द्रमा बजेटका लागि पहल गर्ने र त्यो सो हुन सकेन भने प्रदेश सरकार र स्थानीय सरकार मिलेर एयरपोर्टको विकास गर्ने बताए ।
‘एयरपोर्टको विकासका लागि हामीहरु लाग्ने छौं यसको बजेटको व्यवस्था केन्द्रीय सरकारले गर्नेछ यदि सकेन भने यहिबाट व्यवस्थापन गर्नेछौ, उनले भने ।’ त्यस्तै कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले विपद् व्यवस्थापनमा महत्वपूर्ण भुमिका निवार्ह गरेको बताए ।
मुख्यमन्त्री चौधरीले विपद् व्यवस्थापन एकलैले कोहि कसैले गर्न नसक्ने भन्दै सबै मिलेर विपद् व्यवस्थापन गर्नुपर्ने बताए । ‘तपाईहरुसंग प्रदेश सरकारसंगै छ यो विपद् व्यवस्थापन गर्नु चुनौतीपूर्ण काम हो मिलेर सबैले गर्नुपर्छ’ उनले भने ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका सभापति मदन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्रीले सभा हलको उद्घाटनका साथै ५० औं बर्षको स्वर्ण जयन्ती स्मारिका २०८०को विमोचन गरेका थिए ।
कार्यक्रममा निवर्तमान सभापति नारायण आचार्य, संस्थापक मन्त्री नवराज रजौरे, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी, बबई गाउँपालिका अध्यक्ष कुलबहादुर केसी, नेपाल रेडक्रस लुम्बिनी प्रदेशका उपकोषाध्यक्ष ज्ञानहरी रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा राना, सम्वाद समुहका मुख्य सहजकर्ता सुशिल बस्नेत, लगायतले नेपाल रेडक्रस सोसाइटीले विगत ५० बर्षदेखि विभिन्न आपत विपद्मा महत्पूर्ण भुमिका खेलेको बताएका थिए ।
साथै विभिन्न विपद्का घटनादेखि स्वास्थ्य सरसफाई र खानेपानीको क्षेत्रमा पनि अहम भुमिका खेलेका सहभागीहरुको भनाई थियो । नेपाल रेडक्रस सोसाइटी दाङका उपसभापति हरिहर पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा रेडक्रसलाई विभिन्न समयमा सहयोग पु¥याउने संस्थापक पूर्व अध्यक्ष, पदाधिकारी, विभिन्न सहयोगी संघ संस्थाका प्रमुख तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङका मन्त्री प्रकास श्रीवन्दले गरेका थिए ।
त्यसैबिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले टरिगाउँ एयरपोर्ट बनाउन कसैको मुख नताक्ने बताएका छन् । सोमबार तुलसीपुर उद्योग वाणिज्य सघंले टरिगाँउ एयरपोर्टमा आयोजना गरेको कार्यक्रममा सो कुरा बताएका हुन् ।
‘हामी धेरैको मुख ताक्दैनौं, हाम्रो एयरपोर्ट हामी आफै बनाउछौं, तर त्यसका लागि आजैबाट छलफल गरि एउटा समिति बनाएर अगाडी बढाउने लक्ष्य रहेको छ’ मुख्यमन्त्रीले भने । मुख्यमन्त्री चौधरीले एयरपोर्ट बनाउने ठेकेदारसगं छलफल गरिसकेको र ७२ सिटे प्लेन चल्न सक्ने एयरपोर्ट बनाउनका लागि ७० करोड लाग्ने समेत बताए ।
उनले एयरपोर्ट विस्तारका लागि अर्थमन्त्रीसगं भेटेर छलफल गरिसकेको र क्यानसगं पनि छलफल गर्ने बताए ‘एयरपोर्ट निर्माणका लागि समिति बनाएर कुनै सघं÷सस्था वा व्यक्तिले जिम्मा लिनुस्’ उनले भने ‘यसको काम आजैबाट थालौ, हामीले संघीय सरकारको ध्यानाकर्षण गराइसकेका छौं, यदि कतैबाट सहयोग भएन भनेपनि प्रदेश सरकार र स्थानीय सरकारको सहकार्यबाट एयरपोर्टको धावन मार्ग विस्तार गर्न अघि बढौं ।’
तुलसीपुर उपमहानगर पालिकाका उपप्रमुख स्यानी चौधरीको अध्यक्षता भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री धनबहादुर मास्कीले टरिगाँउ एयरपोर्टको विषयलाई लिएर राजनीति नगर्न आग्रह गरेका थिए ।
‘टरिगाँउ एयरपोर्ट दाङ जिल्लाको गौरवको आयोजना हो, ‘हामी नजन्मदै बनेको एयरपोर्ट आजसम्म पनि अस्तव्यस्त छ, यसको स्तरोउन्नती गरेर व्यवस्थित गर्न जरुरी छ–अर्थमन्त्री मास्के भने । ’लुम्बिनी प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर एयरपोर्टको कामलाई अघि बढाउने प्रतिबद्धता उनले जनाए । तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष राम प्रसाद चालिसेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण तुलसीपुर उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले गरेका थिए ।
