Goraksha

National Daily

नेत्रज्योति सघ दाङको सभापतिमा तेस्रो कार्यकालका लागि गिरी निर्विरोध

तुलसीपुर,२३ बैशाख । नेपाल नेत्रज्योति सघ दाङ शाखाको अध्यक्षमा तेस्रो कार्यकालका लागि पुनः कृष्णकुमार गिरी निर्बिरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न सघको अधिबेशनले गिरीको नेतृत्वमा १३ जना सदस्यहरु सर्वसम्ममत रुपमा चयन गरेको हो ।

जसको सदस्यहरुमा रेशमबहादुर खडका, भगवती शर्मा, सुरेन्द्रबहादुर खडका, श्यामप्रकाश आचार्य, दिनेशकुमार डाँगी, लीला शाह, शारदा चौधरी, घनश्याम सुवेदी, चिरञ्जीवी रिजाल, तिलकबहादुर केसी, कृष्णप्रसाद घिमिरे (केपी) र प्रणवकुमार खड्का रहेका छन् । सघको बिधान अनुसार अन्य पदाधिकारी केही समय पछि मनोनित गरिने भएको छ ।