Goraksha

National Daily

घोराही–१५ गुरुकुल टोलमा नयाँ कार्यसमिति चयन

दाङ,१९ बैशाख । घोराही उपमहानगरपालिका–१५ स्थीत गुरुकुल टोल विकास सस्थामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

सोमवार टोल विकास समितिका ज्येष्ठ नागरिक पूर्णादेवी खनालको अध्यक्षतामा भएको भेलाले रत्नराम बञ्जराको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

टोल विकास समितिको बरिष्ठ उपाध्यक्षमा गौरी रजौरे, उपाध्यक्षमा पिताम्वर पौडेल, सचिवमा नारायणप्रसाद आचार्य र कोषाध्यक्षमा सरोज शाह रहेका छन् । त्यसैगरी सदस्यहरुमा प्रेम रोका, बालाराम घर्ती, धना डिसी, गोपाल वली, कुसुम अधिकारी र सुष्मा खत्रीलाई चयन गरेको छ ।