श्रमिक दिवसको अवसरमा खाद्यान्न सहयोग
दाङ, १८ बैशाख । श्रमिक दिवसको अवसरमा राप्ती अञ्चल अटो इन्जिनियरिङ एशोसियसन दाङ शाखाले खाद्यान्न सहयोग गरेको छ ।
एशोसियसनले सोमवार घोराही उपमहानगरपालिका वडा नं.३ मा प्रेरणाका लागि अभियान नेपालमा पुगेर सहयोग प्रदान गरेको हो । सो अवसरमा चामल ३ वोरा, दाल ५ केजी, फुर्टी १ काटुन, नुन ५ पोका, वेसार, विष्कुट, तेल, फुरन दाना, सोयावीन, आलु, प्याज प्रदान गरिएको थियो । रिद्धिसिद्धी इम्पेक्सले १ वोरा चामल सहयोग गरेको थियो अभियान नेपालले मानसिक रोगीहरुलाई बसोवासका साथै उपचार गदै आएको छ ।
कार्यक्रम श्रीधरकुमार लम्सालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा राप्ती अञ्चल अटो इन्जीनियरीङ एशोसियसनका अध्यक्ष ज्ञानबहादुर फौदार क्षेत्री, नेपाल अटो मेकानिक व्यवसायी महासंघका सदस्य रत्नराम वञ्जारालगाएतकाले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण राप्ती अञ्चल अटो इन्जीनियरीङ एशोसियसनका महासचिव विक्रम रानाले गरेका थिए ।
