सिनिरमा किड्स र जुनियरमा सिटी युथ बिजयी
लक्ष्मण बस्नेत
दाङ, १६ वैशाख । ग्रासरुट मैत्रीपूर्ण आमन्त्रित फुटसल प्रतियोगिता–२०८० आज बाकेको कोहलपुरमा सम्पन्न भएको छ । सिटी युथ एकेडेमी क्लब कोहलपुर बाँकेको आयोजनामा भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको सिनियरतर्फ किड्स फुटबल एकेडेमी तुलसीपुर दाङ बिजयी भएको छ ।
सिटी युथ क्लब कोहलपुर बाँकेको सिनियर टिमलाई ७ का विरुद्ध १३ गोल अन्तरले पराजित गर्दै किड्स फुटबल एकेडेमी तुलसीपुर बिजयी भएको हो ।
त्यस्तै जुनियरतर्फ सिटी युथ एकेडेमी क्लब कोहलपुर बाँके बिजयी भएको हो किड्स फुटबल एकेडेमी तुलसीपुरको जुनिएर टिमलाई ५ का विरुद्ध ६ गोलले पराजित गर्दै सिटी युथ एकेडेमीको जुनियर टिम बिजयी भएको हो ।
दुई जिल्लाका खेलाडीमा आपसी चिनजान, मित्रता,सद्भाव र खेलकौसलमा सकारात्मक प्रभाव कायम राख्न प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा ८ देखि १४ वर्ष मुनि उमेर समुहमा नियमित अभ्यासरत खेलाडीहरुको सहभागिता रहेको थियो ।
सिटी युथ एकेडेमी क्लब कोहलपुरका अध्यक्ष युवराज शाहीको अध्यक्षता तथा अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रिय सदस्य भोजराज शाहीको प्रमुख आतिथ्यमा भएको थियो । त्यस अबसरमा दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धिताल,निवर्तमान अध्यक्ष सुशील श्रेष्ठ, बर्दिया जिल्ला फुटबल संघका अध्यक्ष अजित श्रेष्ठ,अखिल नेपाल फुटबल संघ एन्फा दाङका प्रशिक्षक दुर्गाराज लवट लगाएतको उपस्थिति रहेको थियो ।
