Goraksha

National Daily

पत्रकार र ग्लोवल ओरियन्स नेपालबिच मैत्रीपूर्ण खेल

दाङ, १६ वैशाख । ग्लोवल ओरियन्स नेपाल प्रालि दाङको आयोजनामा शनिबार घोराहीमा पत्रकारसँग मैत्रीपूर्ण फुटवल खेल सम्पन्न भएको छ । ग्लोवल ओरियन्स घोराहीका प्रतिनिधि उमेश चौधरीको अध्यक्षता तथा नेपाल प्रत्रकार महासंघ दाङ शाखाका निवर्तमान अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्य एवं नेपाल प्रत्रकार महासंघ दाङका सचिव आके शितलको विशिष्ठ आतिथ्यमा भएको मैत्रीपूर्ण फुटवल प्रतियोगिता भएको हो ।

घोराही १८ को नवलपुर मैदानमा भएको खेलको पहिलो हापमा ग्लोबल ओरियन्सका खेलाडीहरु दिलिप चौधरी र अशोक चौधरीले एक÷एक गोल गरेका थिए । २–० को गोल अन्तरले पछि परेको पत्रकारको टोलीले खेलको दोस्रो हापमा दुई गोल फर्काउदै खेल बराबरीमा टुंगिएको थियो । पत्रकारको तर्फबाट महासंघका निवर्तमान अध्यक्ष प्रियासनले दुई गोल गरेका थिए । मैत्रीपूर्ण खेलका लागि नवलपुर फुटवल एकेडेमीले प्राविधिक सहयोग गरेको थियो ।

खेलको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी प्रियासनले डाईरेक्ट सेलिङ गर्दै आएको ग्लोवल ओरियन्सले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै सामाजिक क्रियाकलाप प्राथमिकतामा राख्नु प्रशंसनिय कार्य भएको बताएका थिए । स्वास्थ्य र सौन्दर्यका सामाग्रिहरुको प्रत्यक्ष बिक्री गर्दै धेरै युवाहरुलाई आर्थिक उपार्जनको बाटोमा अघि बढ्न सिकाएको बताएका थिए । साथै उनले शरिरलाई फुर्तिलो र स्वस्थ राख्न महत्वपूर्ण भूमीका खेल्ने फुटबल खेलको आयोजना गरेकोमा धन्यवाद समेत ज्ञापन गरेका थिए ।

महासंघका सचिव आरके सितलले मान्छेको शारिरीक तथा मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न महत्वपूर्ण भूमीका रहने भन्दै यस्ता खेलको आयोजना निरन्तर रुपमा हुन आवश्यक भएको बताए । त्यस्तै ग्लोबल ओरियन्सका मिसन भट्टराई, एवान चौधरी, नवलपुर फुटवल एकेडेमीका अध्यक्ष दिपक पुनले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार चन्द्रप्रकाश नेपालीले गरेका थिए ।