अम्विकेश्वरी क्याम्पसमा स्ववियुको सपथ ग्रहण

दाङ, १५ बैशाख । स्वतन्त्र बिद्यार्थी युनियनमा निर्वाचितहरुले सपथ ग्रहण गरेका छन् । यहि मिति २०७९ चैत ५ गते भएको स्वतन्त्र बिद्यार्थी युनियन निर्वाचनमा अम्बिकेश्वरी क्याम्पसमा निर्बाचित पदाधिकारी तथा सदस्यलाइ एक कार्यक्रमको आयोजना गरि सपथ ग्रहण गराइएको हो ।

निर्वाचन समितिका अध्यक्ष तथा क्याम्पस प्रमुख चन्द्रप्रकाश खनालको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल बिद्यार्थी संघका अध्यक्ष कुलराज पोख्रेल, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष गिरबहादुर महरा, अनेरास्ववियुका जिल्ला सचिब लक्ष्मण गिरी र अखिल क्रान्तिकारी बिप्लपका अध्यक्ष खुमन सिक, नेपाल बिद्यार्थी संघका एकाइ अध्यक्ष सङ्गम शर्मा र एकाइ सचिव बिबेक के सीको सहभागिता रहेको थियो ।

निर्वाचित अध्यक्ष रण बहादुर खड्का, उपाध्यक्ष बिकाश लम्साल सचिब हिमाल वली सह सचिब मनिष पौडेल कोषाध्यक्ष राजन घर्तीमगर सदस्यहरु प्रज्ञा लामिछाने ,जीवन डाँगी, गौरव बस्नेत, बिनोद चौधरी, शिबा रावत, प्रेम रेउले, सुवास कुवर, सन्जय के सि लाई निर्वाचन अधिकृतले सपथ खुवाएका हुन ।

क्याम्पसका शिक्षक रोशन आचार्यको स्वागत मन्तव्यवाट सुरु भएको थियो । स्ववियुको महत्वका बारेमा स्ववियु अध्यक्ष रण बहादुर खड्काले प्रष्ट पारेका थिए । कार्यक्रमको सहजिकरण क्याम्पसका डाइरेक्टर बसन्तप्रसाद रिजालले गरेका थिए ।