दाङ निर्माण व्यवसायी संघको अध्यक्ष भण्डारी बिजयी

गोरक्ष समाचारदाता
दाङ, १४ बैशाख । दाङ निर्माण व्यवसायी संघको अध्यक्षमा प्रविनकुमार भण्डारी बिजयी भएका छन् । दशै अधिवेशन अन्तर्गत विहीबार भएको मतदानमा भण्डारीले आफ्ना प्रतिद्वन्द्वी संघका निवर्तमान अध्यक्ष इश्वर पुनलाई १२ मतले पराजित गर्दै संघको अध्यक्षमा बिजयी भएका हुन । बिजयी भण्डारीले ७२ मत प्राप्त गरेका छन भने पराजित पुनले ६० मत मात्रै प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

त्यसैगरी संघको बरिष्ठ उपाध्यक्षमा ६७ मत प्राप्त गरेर शोकबहादुर रोकामगर बिजयी भएका छन् । पराजित सुरेशप्रसाद पोख्रेलले ५४ मत मात्रै प्राप्त गर्न सफल भए । प्रथम उपाध्यक्षमा लेखराज वली बिजयी भएका छन भने गोपालप्रसाद घिमिरे पराजित भएका छन् । बिजयी वलीले ६९ मत प्राप्त गरेका छन भने पराजित घिमिरेले ५३ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

संघको महासचिवमा ५५ मत प्राप्त गर्दै मिनबहादुर घर्तीमगर बिजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी उमाकान्त घिमिरेले ३९ र सुदन केसीले २१ मत प्राप्त गरे । सचिवमा ७३ मत प्राप्त गरेर मदनकुमार आचार्य बिजयी भएका छन भने ४८ मत प्राप्त गरेर कमल कुमाकी पराजित भएका छन् । सहकोषाध्यक्षमा ६८ मत प्राप्त गरेर प्रकाश केसी बिजयी भएका छन भने ४३ मत प्राप्त गरेर भक्तबहादुर बुढामगर पराजित भएका छन् ।

संघको सदस्यमा प्रमोदकुमार योगी (८२), प्रदीपकुमार केसी (६८), शम्भु बिसी (६७), राजेन्द्र श्रेष्ठ (६१),प्रकाश महतरा (६१), रामजंग मल्ल (६१), बसन्त गिरी (६०) र नरेन्द्र कार्की (६०) मत प्राप्त गरेर बिजयी भएको निर्वाचन संयोजक कुलबहादुर डाँगीले जानकारी दिएका छन् । संघको उपाध्यक्षमा कृष्णबहादुर खड्का र कोषाध्यक्षमा सुदर्शन श्रेष्ठ सर्वसहमत निर्वाचित भएका थिए ।