नेपालमा लोकतन्त्रको खोजी कसको लागि ?

भुपेन्द्र सुवेदी
लोकतन्त्रको खोजी सार्वजनिक सम्वादको विषय उठान गर्ने हुटहुटीले केही न केही खोज मुलक पत्रिकाहरुको माध्यामबाट प्राप्तगर्ने अनुभव र सिकाईको निरन्तरमा लागेको विषय जस्तै विगतको दस वर्से आन्दोलन, त्यो बेलाको भासामा २०६३ को सफलता पछि समाबेस लोकतन्त्र, राज्य पुरसंरचना, र संविधान सभा, जस्ता विषयमा ब्यापक रुपमा चर्चा परिचर्चा भएको समयमा ती विषयमा विभिन्न व्यक्तिहरुको व्यख्या आधामा भन्दा पनि उनीहरुको सामाजिक समुचित सम्बन्ध छ ।

त्यस समुहको असन्तोषको प्रतिक्रिया स्वरुप आएको देखिन्थ्यो । त्यसैले यो समसामायिक, राजनीति अवधारणलाई समाज शास्त्रीय आधारमा विषलेषण गर्नु जरुरी थियो । नेपालका फरक स्थानमा बसोबास गर्ने विभिन्न सामाजिक तथा बर्गिय समुहको चासो र सरोकारवालालाई ध्यान दिनु पनि उत्तिकै आवश्यक थियो । समावेसी लोकतन्त्रका आधारहरु र समाजशास्त्र विषयकहरुले क्षत्रिय स्तरका अन्र्तक्रिया कार्यक्रम आयोजना गर्नुका बाबजुत त्यो अवस्थाका ती समुहका आवाजलाई एकिकृत गर्दै समाज शास्त्रीय विषलेषण गर्ने उहाहरुको उदेश्य थियो ।

नेपालमा पहिले देखि जरा गाडेर बसेको नेपाली जनताहरुले नचिनेको र नसुनेको भाषा चलाउने सहयोगी संस्था, जीओ, जसको नाथियो एसिया फाउन्डेसन ,नेपालको मुल अवधारणा डिफाईनिं द पविलक एजेन्डा एन्ड स्टेन्थेनिं कन्टिचुईन्सी फर पिस ईन नेपाल विषयमा सोसल साईन्सवहाले नेपालका प्रमुख ६ वटा सहरमा अन्र्तक्रिया कार्यक्रमहरु सञ्चालन गरेको थियो । आखिर नेपालको संविधान नै एनजियोले नै बनाएको भन्ने विभिन्न पत्रपत्रिकाहरुमा बाहिरिएको पनि हो । आज त्यहि एनजिओको मुल आधारले संघीयताको भारीले नेपाल आज आर्थिक हिसाबले निकै नाजुक र समस्यामा रोमलिएको अवस्था छ ।

जसमा नेपालगन्जमा २०६३ असार ३ गते भएको अन्र्तक्रियामा सहभागी हुन पाएको अनुभव आज उल्लेख गर्ने जमरको गरेको छु, नेपालका प्रतेक विकास क्षेत्रका कम्तिमा एउटा सहरमा अन्र्तक्रिया कार्यक्रम सञ्चालन भएको थियो । त्यसमा स्थानीय नागरिक अगुवा, वुद्धीजिवी, राजनीति दलका नेता, तथा कार्यकर्ताहरु, श्रमिक, तथा पेसागत संगठनका प्रतिनिधीहरुको समेत सहभागिता रहेको त्यो कार्यक्रमहरुमा सहभागीहरुले खुलेर आआफ्ना विचार व्यक्त गरेका थिए । अन्र्तक्रिया कार्यक्रमलाई सकेसम्म नगहुन र सान्दर्भिक बनाउन छलफल गरिने विषयबारे लेखिएका समिक्षत्मक लेख तथा समावेसी लोकतन्त्रका आधारहरुको बारेमा सबैलाई जानकारी गराइएको थियो ।

सो अन्र्तक्रिया कार्यक्रममा स्रोतब्यक्तितथा सहजकर्ता हरुले उठायका मुद्धा र त्यस उपर सहभागीहरु बट गरिएका टिप्पणी र अभिव्यक्त भएका विचारहरुको टिपोट गरिन्थ्यो र नेपाल फरक–फरक भुखण्डमा बसोबास गर्ने विभिन्न समुहका प्रतिनिधीहरुबाट अभिव्यक्त भएका विचारहरु समेटिएर संकलन गरिएको थियो । त्यसमा स्थानीय राजनीतिक परिस्थिती सामाजिक परिवर्तन संवैधानिक बहस र तत् सम्बन्धी अन्य विषयहरुबारे अध्यता तथा अनुसन्धान कर्ताहरुले प्रारम्भिक सुचनाहरु पाउन सक्ने छन् ।

अन्र्तक्रिया कार्यक्रममा छलफल गरिने विषय तथा मुद्धाहरुको पहिचान गरि तीनलाई नियोजि ढंगले प्रस्तुत् गर्ने र कार्यक्रमलाई संयोजन गर्ने काम हरी शर्माले गर्नु भएको थियो र उहाँले तेति मात्र नभएर अन्र्तक्रिया कार्यक्रममा सहजकर्ता, स्रोत व्यक्ति र सहयोगीहरुबाट अभिव्यक्त भएका विचारहरुलाई लिपिबद्ध र त्यसपछि तीनको सारसम्क्षप्त खिची आएका सुझाब संगै सङलग्न गरि लिएको हामी आफै साची छौ के कति आएका विचारहरु समावेस भए वा भएनन् ? समाजमा रहेका फरक विचारका तथा मान्यताहरुबारे खुला रुपमा छलफल गरेर निष्कर्षमा पुग्नु तथा फरक मान्यतालाई सम्मान गर्न सक्नु न लोकतन्त्रको सुन्दरता मानिन्छ । छलफल अन्र्तक्रियाहरुले कुनै पनि विषय सँग सम्बन्धीत सुचना तथा त्यो गर्भ मै रहेको छ अझै ।

कुनै पनि विषयमा गरिने तरकवितरक र ज्ञानको खोजिले एक आपसका भाबनालाई नजिक ल्याउने र हरेक अवस्थालाई नयाँ मोड दिन सघाउँछ । ०६२,०६३ को अवस्थाको वरीपरी रहेर यो कार्यक्रको जिम्मेवारी दाङ जिल्लाको सामुदायिक वन उपभोक्तामा प्रतिनिधित्वको समयोजनको जिम्मेवारी थियो यसैको सिलसिला राजनीतिक दलका प्रतिनिधीहरुको सहभागीता समेत रहेको थियो । यो सकस पुनः स्थितीमा सकभर कोही जान सिधै अझै आट गर्ने गर्दैनथे तर यस्तो देशै भर सञ्चालन भएको अन्तक्रिया कार्यक्रममा जानै पर्ने थियो र हामी दुई रातको बसाईमा नेपालगन्जमा बाहिरबाट आएका सबैको व्यवस्थापनको जिम्मा खानाबस्नको लागि तयारी गरिएको थियो ।

मुख्य विषय बस्तुको बारेमा लोकतन्त्रको खोजी सार्वजनिक सम्वादका संयोजक हरी शर्मासमेतका धेरै विज्ञहरुको सहभागीतामा कार्यक्रम सञ्चालनमा जनआन्दोलन मार्फत नेपाली समाजमा केकस्ता आशाहरु जाने हुन् त्यसलाई नेपाली राज्यले कसरी व्यवस्थित गर्ने हो ? यो नै अहम प्रश्न रहेको थियो ।