लक्ष्मण बस्नेत
दाङ,५ वैशाख । बिरेन्द्र नमुना मावि हेकुलीमा शिक्षकहरुका लागि एक हप्ते आईसिटी तालिम मंगलवारदेखि सुरु भएको छ । बिरेन्द्र नमुना मावि दंगीशरण–३ हेकुली दाङको आयोजनामा संचालित तालिमको दंगीशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख बिनोद अधिकारीले उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अधिकरीले शिक्षकका लागि बिधालयले आफैंले आफ्नै लागि सिकौं र सिकाउ भन्ने उदेश्य राखेर तालिम संचालन गर्नु सराहनीय कार्य भएको बताए । बिद्यालयले कार्यरत शिक्षकहरुमा कम्प्युटर सम्बन्धी आधारभुत पक्षमा ज्ञान आवश्यक छ भन्ने महशुस गरेर तालिम संचालन गर्नु आफैमा महत्त्वपूर्ण छ यस्तो कार्य सायद दाङ जिल्लामै पहिलो भएको बताए ।
साथै उनले आगामी हुने यस्ता तालिम तथा प्रशिक्षणमा गाउँपालिकाको पुर्ण सहयोग र सहकार्य रहने बताएका थिए । तालिममा कम्प्युटर सम्बन्धि आधारभुत कुराहरू कम्प्युटर केहो, माईक्रोसप्ट वर्ड,एक्सल,पावरप्वाईन्ट,वयवसाईट र मोबाईल एपको प्रयोग लगाएतका बारेमा जानकारी दिईनेछ ।
तालिमको सहकर्तामा बिधालयका शिक्षक प्रदिप चन्द, सिताराम भण्डारी, लक्ष्मण बस्नेत, सुन्दरम ओली, भुवन देवकोटा रहेका छन् । तालिममा बिधालयमा कार्यरत २८ जना शिक्षक शिक्षिकाको सहभागिता रहेको बिधालयका सुचना अधिकारी प्रदिप चन्दले जानकारी दिएका छन् ।
तलिमको उद्घाटन समारोह बिद्यालयका प्रधानाध्यापक खिमराज खनालको अध्यक्षता तथा दंगीशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख बिनोद अधिकरिको प्रमुख आतिथ्यमा भएको थियो । दिनेशकुमार रेग्मीको स्वागत रहेको कार्यक्रममा बिधालयका सहायक प्रधानाध्यापक द्वय लक्ष्मण बस्नेत,राजेन्द्रप्रसाद भट्टराई,मनोज केसी, सिताराम भण्डारी लगाएतले मन्तव्य ब्यक्त गरेका थिए ।