गर्मी मौसमसँगै वन र बस्ती क्षेत्रमा खतरा

भूपेन्द्र सुवेदी

विश्वमा बढिरहेको मौसम परिवर्तनको कारण दिन प्रतिदिन जलवायू परिवर्तनले ल्याएको समस्या प्रति हामी आम नेपाली नागरिक कर्ता सचेत छौ रु यो वर्षको हिउदे वर्षा नहुनुको कारण आज प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा विभिन्न क्षेत्रमा असर परेको छ । जहाँ पहिले कृषि क्षेत्रलाई ठूलो मारमा परेको छ भने अन्य, वन क्षेत्र हाम्रो राष्ट्रिय सम्पदा समेतमा ठूलो क्षती पुगेको छ । सम्पूर्ण नेपालको वन क्षेत्रहरु त उसैपनि नष्ट हुदैछन, वन क्षेत्रको नजिकका बासिन्दा समेतलाई डढेलोको जोखिमले अत्यान्तै समस्यामा पारेको स्थिती छ ।

यो समयमा वनमा आर्षित नजिकका नागरिक, तथा सामुदायिक वन समुहहरुले यो समयमा निकै सचेतता अपनाएर सबै उपभोक्ता समुहहरुलाई आ–आफनो यरीयाको सरकारी निकाय पहिलो वन, कार्यलय अन्तर्गत काम सङ्कायहरुसँग दैनिक रुपमा समन्वय राख्ने र नजिकका सुरक्षा निकायहरुको सहकार्यमा डढेलो लागि हाल्यो भने तत्काल जानकारी गराएर सर्वप्रथम स्वयम् सामुदायिक वन उभोक्ता समूहरु पहिलो अग्रपंतिमा रहेर आ–आफनो समूहको संरक्षण गर्नुपर्ने हुन्छ, ताकी सरकारी निकायले डढेलो नियन्त्रण गरिदिन्छन् भनेर व्यवस्था गरियो भने त्यो भन्दा अमानविया अरु कुनै हुन सक्दैन ।

यो समयमा हाम्रो सामुदायिक वन उपभोक्ता समूहहरु र वन कार्यलय, सरकारी निकाय सबैको बराबरी दायित्व रहेको छ । हामीले एक मिनेट मात्र ढिला गरियो भने हाम्रो ठूलो जनधनको नोक्सानी हुन्छ भन्ने हामीले भुल्नुहुदैन । यसै सन्दर्भमा देशै भरिका वन कार्यलयहरु मार्फत डढेलो नियन्त्रण सम्बन्धी जनचेतनाको साथै सामुदायिक वनका उपभोक्ताहरुलाई समेत वन कार्यलयमा उपस्थित गराएर डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया, तथा गोष्ठिमार्फत डढेलो नियन्त्रणका सामग्री समेत हामीलाई हस्तान्त्ररण गर्दै आएको तपाईहरुलाई थाहा नै छ । यस सम्बन्धमा सामुदायिक वन समूहका उपभोक्ताहरु सबै जानकारी छन् तर जानकारी हुदाँहुदै पनि कतिपय स्थानमा आफैहरुको हेल्चेक्राईको कारण धेरै ठूलाठूला आगलागीका घटना घटेका छन् ।

कयौ सुरक्षाकर्मी तथा वन समूहका उपभोक्ताहरुले ज्यान गुमाएको हामीले थाहा पाएकै छौ । यसै सन्दर्भमा वनको आगो सल्किदै घरमा समेत क्षति भएको अवस्था पनि छ । यसको नियन्त्रणको लागि पहिला वन क्षेत्र नजिकका उपभोक्ता मित्रहरुको ठूलो जिम्मेवारी छ । त्यसपछि सरकारी निकायहरुको दायित्व उहाँहरुले आफै निर्भाह गर्दै आउनु भएको छ । एउटा बढि जटिल अवस्था हामीले सडकमा आउदा जा“दा देखेको र बास्तविक प्रत्यक्ष राष्ट्रिय निकुञ्जको एरियामा बढि भन्दा बढि आगो लागि हुदै आएको छ । त्यसको चपेटामा सीमा जोडिएका सामुदायिक वन उपभोक्ता समूहरु परेका छन, यसमा सम्बन्धीत पक्षको ध्यान जावस ।

अबको सुख्खा यामको कारण त्यसै त पानीका मुहानहरु सुक्दैछन् त्यसमा पनि जलवायु परिवर्तनको कारण पानीका मुहानको अवस्था निकै जटिलता छ, विभिन्न सरकारी निकायको आडमा सडक, निमार्ण र अन्य निमार्णको नाममा जथाभावी डोजर आतङ्कको कारण हिजोको पानीको श्रोतको धारा परिवर्तन भएर हिजो खानीपानी प्रयोग गरेका उपभोक्ताहरुले आज त्यो पानीको श्रोत सुक्नाको कारण कयौ स्थानमा, र धेरै जिल्लाहरुमा पुर्खा देखि बस्दै आएको थलो छाड्न बाध्य परेको अवस्था छ ।

अबको केहि वर्षमा जहाँजहाँ बिना इन्जिनियर सडक खन्ने सरकारले नियन्त्रण नगरेमा पहाडी क्षेत्र खानेपानीको अभावले बस्तीविस्तार गर्ने र बसाईसराईको बाटो रोज्ने बाध्य हुनेछन् । अब राज्यको तर्फबाट विकास निमार्णको काम अघि बढाउँदा पहिला त्यहाँको बस्तीको अवस्था त्यहाँका स्थानीय नागरिकको समस्या, बुझेर त्यहाँको कुनै पनि संरचना निमार्ण गर्दा पहिला त स्थानीयको सुझाब लिएर मात्र यस्तो कार्यको थालनी हुनुपर्दछ ।

किनभने हिजो हामीले सार्वजनिक सडक, सार्वजनिक स्कुल सार्वजनिक स्थान नागरिकहरुका बस्तीको वा स्थान गरिदिएको धेरै सिमेन्ट उद्योग खोल्ने ईजात दियो सरकारको यो सरार आफ्नो कर्तव्य प्रतिको व्यवस्था गरेको आजको सरकारले भोग्न बाध्य छ, यसमा स्थानीय विद्यालय, सार्वजनिक यातायात, क्षेत्र, विद्यालयका बालबालीका समेत मारमा परेका छन् के गर्ने नहुनु थियो भयो कसको कारण भयो स्वयम् सरकारको कारण आमनागरिक मारमा पर्नुपरेको छ ।

नेपालमा स्थापना भएको सामुदायिक वनउपभोक्ता समूहको छाता संगठन सामुदायिक वनउभोक्ता समूहको स्थानीय स्तरमा रहेको स्थानीय वन महासंघ, जिल्ला महासंघ, प्रदेश महासंघको निर्वाचन बाट सामुदायिक वनउपभोक्ता महासंंघ राष्ट्रिय कार्य सचिवालय समेतको अविधेशन सम्पन्न गर्नको लागि नेपालको ७७ वटै जिल्लाले जिल्ला प्रतिनिधी र प्रदेश प्रतिनिधी र केन्द्रीय प्रतिनीधिको निर्वाचन मार्फत सहभागीताको लागि तयारीमा रहेको छ भने ंदाङ जिल्लामा २, उपमहानगरपाली र एक नगरपालीका, ७ गाउँपालीकाको निर्वाचन करिब सकिएको अवस्था छ मात्र एक उपमहानगरपालीका तुलसिपुर र एक पालीका बबई गाउँपालीकाको निर्वाचन हुन बाकी रहेको समेत पाठक ज्युहरुमा जानकारीको लागि राखेको छु ।

हामीले केन्द्रको निर्देशन अनुसार २०८० वैशाख १० गतेसम्म जिल्ल्लाको निर्वाचन गरिसक्नु पर्ने भएको छ । यसमा कुनै समूह छुटेको भए नविकरण गराई निर्वाचनलाई सहयोग गरिदिन समेत जानकारी गराएको छु । अब सर्वप्रथम वनको डढेलो नियन्त्रणको महत्वपूर्ण कार्य गर्नुहुने समूह तथा समूहका पदाधिकारी आमउपभोक्ता समूहका सदस्य समेतलाई सामुदायिक वनउभोक्ता महासंघले सम्मान तथा पुस्कृत गर्ने छ भने व्यवस्थाको कारण वन क्षेत्रको डढेलोको कारण क्षति हुनगएमा त्यो समूहको पदाधिकारीहरुले आफ्नो कार्यकालको मुल्याङ्कन स्वयम् त्यहाँका उपभोक्ताले गर्नेछन् ।