तुलसीपुर, २९ चैत । तुलसीपुरमा फेरी अर्को ठुलो मार्ट र रेष्टुरेन्ट व्यवसाय सञ्चालनमा आएको भएको छ । तुलसीपुर–५ भुँयारथानचोकमा पलाउ मार्ट र पलाउ रेष्टुरेन्ट सञ्चालनमा आएको हो ।
पलाउ मार्टमा खाद्यान, किराना लगायत घरायसी समानहरु एकै छानामुनी उपभोक्ताहरुले खरिद गर्न पाउने सञ्चालक बिरज डाँगीले जानकारी दिएका छन् । उनका अनुसार रेष्टुरेन्टमा विभिन्न प्रकारका खाना, नास्तादेखि स्वदेशी तथा विदेशी परिकार पाइने छ ।
करिव डेढ करोड लगानीमा पलाउ मार्ट र पलाउ रेष्टुरेन्ट विहिवारदेखि सञ्चालनमा आउने पलाउ पार्ट पलाउ रेष्टुरेन्टका सञ्चालक डाँगीको भनाई छ ।
त्यस्तै एउटै घरमा पलाउ मार्ट, पलाउ रेष्टुरेन्ट र पलाउ फ्रेस हाउस पनि सञ्चालनको तयारी रहेको प्रोपाइटर दिनेश बस्नेतले बताए । साथै भोली विहिवार विहान ११ः ३० बजे पलाउ मार्ट र पुलाउरेष्टुरेन्टको उद्घाटन हुनेभएकाले सवैमा उपस्थीतिका लागि आग्रह गरेका छन् ।