calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ

गोरक्ष समाचारदाता
घोराही, २७ चैत । दाङमा बरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतवार राती अन्दाजी साढे १२ बजेको समयमा गढवा गाउँपालिका वडा नं ८ डाँडागाउँबाट हतियारसहित ३२ बर्षीय मानसिंह सुनारलाई पक्राउ गरेको हो ।

गाउमा केही व्यक्तिहरु हातहतियारसहित शंकास्पद रुपमा हिँडडुल गरिरहेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवा र ईलाका प्रहरी कार्यालय कोईलाबासबाट खटिएको प्रहरी टोलीले सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिएका छन् ।

‘गोप्य सूचनाका आधार खटिएको प्रहरीले गढवा गाउँपालिका–८ डाँडागाउँ निवासी दिलकुमार पुनमगरको घर छेउमा रहेको खाली जग्गामा भरुवा बन्दुक एक थान फेला पारेको थियो’,प्रहरी नायव उपरिक्षक गौतमले भने,‘सोही स्थानमा शंकास्पद रुपमा रहेका व्यक्तिहरुलाई सोधपुछ गर्दा मानसिंह सुनार पक्राउ परेका हुन ।’ उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।