६६ औं सहकारी दिवस विविध कार्यक्रम गरि मनाइदै

दाङ,१२ चैत ।
जिल्ला सहकारी संघ लिमिटेड दाङले ६६ औं सहकारी दिवस २०७९ विभिन्न कार्यक्रम मनाउन लागेको छ । “सहकारीको दिगोपना, स्वनियमन र सशासन” भन्ने मुल नाराका साथ जिल्लाका पालिका स्तरमा, सहकारी संस्थाहरुले आफ्नो संस्थाहरुमा र घोराही उपमहानगरपालिकामा साताव्यापी कार्यक्रम सहित मूल समारोहका रुपमा मनाउने कार्यत्रम तय भए अनुरुप आजबाट आगामि २० गतेसम्म राष्ट्रिय सहकारी दिवस मनाउन लागिएको हो ।

जिल्ला सहकारी संघका उपाध्यक्ष माधव खनालको अध्यक्षतामा आज पत्रकार सम्मेलन गरि दिवसका सन्दर्भमा गरिने कार्यक्रमका बारेमा जानकारी गराईएको छ ।

६६ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा पालिकाहरु र सबै सहकारी संस्थाहरुले दिवस मनाउनका लागि अनुरोध तथा निर्देशन जारी गर्ने, नेपाल अपांग संघ खगेन्द्र नवजिवन केन्द्र झिंगौरामा १६ गते खाद्यान्न सहयोग गर्ने र त्यसको संयोजन जिल्ला कृषि सहकारी संघ लिमिटेड, जिल्ला उपभोक्ता जिल्ला
सहकारी संघ लिमिटेड र दाङ जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडले गर्ने, १७ गते रक्तदान कार्यक्रम गर्ने र त्यसको संयोजन जिल्ला बचत तथा ऋण सहकारी संघ र नेफ्स्कुन फिल्ड कार्यालय दाङले गर्ने तय भएको संघका सचिव शुक्रराज भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, चैत १८ गते शनिवार घोराही उपमहानगरपालिका भित्रका वचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाहरुलाई केन्द्रित गरी अर्न्तक्रिया कार्यक्रम गर्ने र सो को संयोजन जिल्ला सहकारी संघ लिमिटेडले
गर्ने, १९ गते अन्तर सहकारी हाजिरी जवाफ गर्ने र त्यसको संयोजन राष्ट्रिय सहकारी बैंक लिमिटेडले गर्ने भएको छ ।

यसैगरी, २० गतेको मुल समारोह१० वटै पालिकाहरुमा गर्न पहल गर्ने, त्यसका लागि सबै पालिकाहरुलाई पत्रचार गर्ने तय भएको छ । जसअनुसार, घोराही उपमहानगरपालिकामा सहकारीको वर्तमान अवस्था र चुनौती विषयमा अर्न्तक्रिया गर्ने गरि कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।यसको संयोजन जिल्ला सहकारी संघ लि। र घोराही उपमहानगरपालिकाको सहकारी शाखाले गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

जिल्लामा हाल करिव ६ सय ३० सहकारी संस्थाहरु मध्ये संघमा १५३ बचत तथा ऋण, १८९ कृषि, १३ उपभोक्ता, २७ बहुद्देश्यीय, ५ बिद्युत, १३ सामाजिक उद्यमी र अन्य प्रकृतिका १८, विषयगत संघ ४ गरी ४२२ सहकारी संघरसंस्थाहरु आबद्ध छन् ।

सहकारी मार्फत सहकारीले रोजगारी सिर्जना, उत्पादन वृद्धि गर्दै गरिवी न्यूनिकरण, सदस्यहरुको सिप, क्षमता तथा नेतृत्व विकास, महिलाहरुद्वारा मात्र संचालित सहकारी संस्थाहरुको नेतृत्व विकास तथा आर्थिक, सामाजिक क्षेत्रमा पहुँच वृद्धि लगायतका विविध क्षेत्रमा उलेख्य योगदान योगदान गर्दै आएको जिल्ला सहकारी संघको भनाई छ ।

नेपालमा पहिलो सहकारी संस्थाको रुपमा २०१३ चैत्र २० गते चितवन जिल्लामा बखान ऋण सहकारी संस्था लिमिटेडको स्थापना भएको थियो । सोहि दिनलाई आधार मानेर देशभर र दाङमा पनि हरेक बर्ष चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ ।