विभेद अन्त्यका लागि सोचमा परिवर्तन : सांसद विश्वकर्मा

प्रमोद आचार्य
दंगीशरण,८ चैत । ५८ औं जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि सबैधानिक तथा कानुनी ब्यबस्था कार्यान्वयनमा सरोकारवालाहरुको भ“मिका विषयक अन्तक्रिया कार्यक्रम दंगीशरण गाउँपालिकाको हेकुलीमा सम्पन्न भएको छ ।

दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य लोका बिश्वकर्माले छुवाछुत अन्त्यका लागि सोचमा परिवर्तन आवश्यक रहेको बताएकी छिन । उनले छुवाछुत र जातीय विभेद अन्त्यका लागिसंगै बसेर खाएर मात्रै नहुने भन्दै त्यसका लागि मानिसको सोचमा परिवर्तन आउन आवश्यक रहेको बताएकी हुन ।

नेपालमा पनि २०६३ सालमा छुवाछुत मुक्त राष्ट्र घोषणा भएको भन्दै त्यसलाई सवैले संस्थागत गर्न ध्यानदिनुपर्ने बताएकी थिइन । ‘छुवाछुत गर्नेलाई कारवाही गर्ने कानुन बनेपनि अझै समाजबाट छुवाछुतको प्रथा हट्न सकेको छैन’,उनले भनिन्,‘व्यवहारमै छुवाछुत प्रथाको अन्त्यका लागि सोचमा परिवर्तन आउन आवश्यक छ ।’ उनले प्राप्त उपलव्धीहरुलाई संस्थागत गर्न नसक्दा छुवाछुत र भेदभावका घटना भईरहेको बताएकी थिइन । साथै उनले गाउँपालिकाले गर्ने छुवाछुत तथा जातिय विभेदका सकारात्मक कार्यहरुलाई आफ्नोतर्फबाट सदैव सहयोग रहने बताएकी थिइन ।

कार्यक्रममा पत्रकार तथा अधिकारकर्मी सुशील बस्नेतले जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि गाउँपालिकाको भूमिका विषयक अबधारणा पत्र प्रस्तुत गरेका थिए । अवधारणपत्र प्रस्तुत गर्दै बस्नेतले सीप र कलाको माध्यमबाट नेपाली समाजलाई सौन्र्दयता प्रदान गरि स्वाभिमानी नेपालीको पहिचान बनाएका दलित समुदायलाई सवैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए । दलित समुदायले आफ्नो सीपमार्फत मठमन्दिरमा राखिने कलात्मक मुर्ती र कलात्मक बस्तुहरुको निर्माण गरि सस्कृतिको संरक्षणमा योगदान दिएको ,धार्मिक सस्कारलाई बहुमुल्य बनाई नेपाली समाजको मुल्य मान्यतालाई कायम राख्न महत्त्वपूर्ण योगदान दिएको बताएका थिए ।

कार्यक्रममा सहजकर्ता दलित अधिकारकर्मी निर्मल नेपालीले लामो सययदेखि दलित अधिकारका निम्ति वकालत गर्दै आएको बताए । उनले दलित जात होइन समुदाय भएको भुन्दै यो मुद्धालाई साझा मुद्धा बनाएर जातीय छुवाछुत उन्मुलनका लागि सवै लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा दिलकुमारी बिक, भानु माविका सहमायक कैशास अधिकारी, पार्बता कंडेल, प्रमिता थापा, मुना बादी,पुष्पा परियार, गिता रेग्मीलगायतले पालिकाले दलित समुदायहरुका लागि बजेट छुटाएर जनचेतना मुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।

गाउँपालिकाका प्रबक्ता रमेश भण्डारी, दंगीशरण ७ का अध्यक्ष रेशम वली, दलित अधिकारकर्मी सोमराज विश्वकर्मा, आसा नेपाली,अपांग उद्दार सेवा सघका अध्यक्ष रेनुका बिक, समृद्ध समाज दंगीशरणका अध्यक्ष दिलकुमारी बिक, भिष्मा बस्नेत,नेका दंगीशरण ३ का सभापति मधुकर राना, दंगीशरण १ बाँकीका हरिप्रसाद बिकले जातीय भेदभाव विरुद्धका होडिङ बोर्ड ,सहभोज कार्यक्रम गर्नुपर्ने बताएका थिए ।

महिला बालबालिका शाखाका प्रमुख सुनकुमारी घर्तीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सजीकरण सुचना अधिकृत टेकबहादुर खत्रीले गरेका थिए ।