दाङ, ७ चैत । प्रेस चौतारी घोराही नगर कमिटिको भेला तथा प्रशिक्षण मंगलवार सम्पन्न भएको छ ।
चौतारी नगर कमिटि अध्यक्ष सुवास शर्माको अध्यक्षता एंवम नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीको प्रमुख आतिथ्यमा भएको भेलामा प्रेस चौतारी नेपालका उपाध्यक्ष सविन प्रियाशनले पार्टीले सञ्चालन गरेको ग्रास रुट अभियानलाई सञ्चारसँग जोडन चौतारीले खेल्ने भूमिकाका बारेमा विचार राखेका थिए ।
त्यसैगरेर भेलामा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा दाङ सहइन्चार्ज रीता लामाले संगठनको अवस्था र पत्रकारिता क्षेत्रको विकासमा संगठनले खेल्ने भूमिकाका बारेमा विचार राखेकी थिइन । कार्यक्रममा चौतारी दाङका अध्यक्ष इन्द्र डि.सीले चौतारीले जिल्लामा सञ्चालन गरेको कार्यक्रमको बारेमा प्रकाश पारेका थिए ।
योसँगै प्रेस चौतारीले जिल्लाका ९ पालिकामा भेला तथा प्रशिक्षण सकेको छ । यस अघि जिल्लाको तुलसीपुर, बबई, शान्तिनगर, दगीशरण, बगलाचुली, राजपुर, गढवा र राप्तीमा कार्यक्रम गरेको थियो ।