दंगीशरण,६ चैत । दंगीशरण गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्ने भएको छ । स्थानीय पाठ्क्रमका लागि अहिले सम्बन्धि सुझाव संकलन गर्न शुरु गरेको छ ।
शिक्षा समितिद्वारा कार्यदल गठन गरेर गठित कार्यदलले सुझाब संकलनको काम शुरु गरेको सामाजिक समितिका संयोजक रोशनजंग शाहले जानकारी दिएका छन् । पालिकाले आउदो शैक्षिक सत्रबाट स्थानीय पाठ्यक्रम लागुगर्ने गरी तयारी थालेको गाउँपालिका शिक्षा शाखा प्रमुख बिनोद अधिकारीले बताए ।
पालिकाले अहिले वडा–वडामा पुगेर स्थानीय पाठ्यक्रमका लागि सुझाव संकलन गरिरहेको छ । जसअन्तर्गतआइतवार गाउँपालिकाको वडा नं. ३ र ४ मा सुझाब संकलनको काम गरिएको शिक्षा शाखा प्रमुख अधिकारीले बताएका छन् ।