दाङका चार क्याम्पसमा स्ववियुमा नेतृत्व चयनका लागि मतदान

घोराही, ५ चैत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा नेतृत्व चयनका लागि दाङका चार वटा क्याम्पसहरुमा मतदात भैरहेको छ । त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत विश्विद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व चयनका लागि जिल्लाका ८ वटा क्याम्पसहरुमा मतदान हुने कार्यातालिका रहेपनि विद्यार्थी संघसंगठनहरुको असन्तुष्टिका कारण आज चार वटा क्याम्पसहरुमा मात्रै मतदान सुरु भएको हो ।

दाङमा लमहीस्थीत देउखुरी बहुमुखी क्याम्पस लमही, ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटिया, जनता क्याम्पस गढवा र नेपाल संस्कृत विश्विद्यालय केन्द्रीय आयुर्वेद विद्यापिठ बेलझुण्डीमा नयाँ नेतृत्व चयनका लागि मतदान भैरहेको छ । तर जिल्लामा धेरै विद्यार्थीहरुले अध्ययरत प्रमुख क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा चैत ८ गते हुने भएको छ ।

क्याम्पसमा तालाबन्दी गरेको अखिल (क्रान्तिकारी) बिप्लव र महेन्द्र बहुमुखी क्याम्पस दाङबीच भएको सहमतिअनुसार स्ववियु निर्वाचन चैत ८ गते गर्ने सहमति भएको महेन्द्र बहुमुखी क्याम्पसका सहायक प्रमुख एवं निर्वाचन अधिकृत कुलवीर चौधरीले जानकारी दिएका छन् । विप्लव निकट अखिल (क्रान्तिकारी)सँग भएको सहमति आज हुने निर्वाचन तीन दिनपछि सारिएको जानकारी दिए ।

त्यसैगरी तुलसीपुरस्थीत राप्ती बबई क्याम्पस, जनता विद्यापीठ क्याम्पस बिजौरी र केन्द्रीय आयुर्वेद क्याम्पस बेलझुण्डीमा नेपाल विद्यार्थी संघले गरेको तालावान्दीका कारण निर्वाचन अनिश्चित बनेको छ ।