Goraksha

National Daily

लमही चेम्वरले गर्यो थापा र श्रेष्ठलाई लमहीमा स्वागत

शिवराज खनाल
देउखुरी, ३ चैत । लमही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अर्जुनबहादुर थापाले उद्योग व्यवसाय धरापमा रहेको अबस्थामा सबैको हातेमालो आबस्यक रहेको बताएका छन ।
लमही चेम्बर अफ कमर्शले शुक्रवार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै थापाले उक्त कुरो बताएका हुन । अहिले देशभर उद्योग तथा ब्यबसायीहरु जर्जर अबस्थामा रहेको भन्दै यस्तो अवस्थामा व्यवसायीलाई सवैको साथ आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले लमहीको विकास र शान्ति सुरक्षा कायम गर्न आआफ्नो धर्म निर्बाह गरेमा आमनागरिकको सपना पूरा हुने बताए । उनले समाजमा शान्ति सुरक्षा,लागुऔषध दुव्यर्सनी र सडक दुर्घटना न्यूनीकरणका लागि सवै पक्षसँग सहकार्य गरेर काम गर्ने बताएका हुन ।

लमही चेम्बर अफ कमर्शका अध्यक्ष शितल भुसालको अध्यक्षले लमहीको विकास र शान्ति सुरक्षा कायम गर्न सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए ।
लमही नगरपालिका प्रमुख प्रशासकीय अधिकृत थापा र वडा प्रहरी कार्यालय प्रमुख श्रेष्ठ हालै सरुवा भएर लमहीमा आएका हुन । लमही चेम्बर अफ कमर्शका उपाध्यक्ष शशीराम नेपालीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव केशवराज अधिकारीले गरेका थिए ।
क्जष्ख