बजार प्रतिनिधि एशोसियसनको आयोजनामा रक्तदान

दाङ,२७ फागुन । राप्ती अञ्चल बजार प्रतिनिधि एशोसियन दाङको आयोजना तथा नेपाल टे«डर्स एण्ड सप्लायर्स र एसआर ट्रेडर्सको सहआयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीलाई रगतको अभाव नहोस भनेर शनिवार घोराहीमा बजार प्रतिनिधि एशोसियनले रक्तदान गरेको हो ।

राप्ती अञ्चल बजार प्रतिनिधि एशोसियन दाङका अध्यक्ष केशव बुढाथोकीको अध्यक्षता तथा दाङ जिल्ला उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीको प्रमुख आतिथ्यता एवं रक्त संचार केन्द्र घोराहीका इन्चार्ज दिलिप न्यौपानको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा सुशील चौधरी, अरविन्द्र चौधरी, अजय चौधरी, एकराज चौधरी, विश्व चौधरी, केशव बुढाथोकी, आशिष न्यौपाने रक्तदान गरेका थिए ।

त्यसैगरी दामोदर भण्डारी, चेतप्रकाश योगी, घनश्याम शर्मा, संजय चौधरी, भुवन चौधरी, अनिल खनाल, मधुकरदेव चौधरी,टिकराज चौधरी, नारायण बस्नेत,हेमन्त चौधरी,प्रकाश चौधरी,अशोक चौध्री, बुद्धिराम चौधरी,शिवराज वली,बिष्णु थापा, रुपेश पुरी,राज डाँगी, शिशिर ज्ञवाली, , इश्वरप्रसाद गोराथोकी,टेकनाथ गिरी, उदयराज खड्का, नारायणप्रसाद पाण्डेय, दिपेन्द्र खत्री र दोर्णबहादुर केसीले रक्तदान गरेका थिए ।

एशोसियनका सल्लाकार नेवबहादुर बस्नेतको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सञ्चालन निवर्तमान अध्यक्ष दिनानाथ शर्माले गरेका थिए ।