दाङ,२७ फागुन । दाङ चेम्बर अफ कमर्शले महिला चेम्बर अफ कमर्श पहिलोपटक गठन गरेको छ ।
चेम्बरका जिल्ला अध्यक्ष बिकास अग्रवालले महिला चेम्बरको जिल्ला अध्यक्षमा घोराही–१० नारायणपुर निबासी महिला नेतृ सरिता देबकोटालाई मनोनित गरेको प्रेस संयोजक निशानदाजु भट्टराईले जानकारी दिएका छन ।
उनले अध्यक्षमा मनोनित गरेको पत्र देबकोटालाई प्रदान गरेका छन। त्यस्तै चेम्बरको सदस्यमा चन्द्रदेब बुढा मगर, गिता शर्मालाई मनोनित गरेका छन् ।