उपलव्धी प्राप्तीका लागि महिला सशत्तिकरणमा जोड

प्रमोद आचार्य
दंगीशरण,२४ फागुन । ‘लैंङ्गिक समानताको बलियो आधार,सृजनात्मक प्रबिधिमा महिला पहुँचको बिस्तार’ भन्ने मुल नारासहित दंगीशरण गाउँपालिकाले ११३ औ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । दिवसका अवसरमा महिलाहरुको सहभागीतामा लोक गीत प्रतियोगिता समेत गरिएको छ ।

कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले पालिकामा हुने हरेक विकास निर्माणका कुरामा पुरुष सरह महिलाहरुको श्रमको समान ज्याला उपलब्ध गराउन आफु लाग्ने बताए । पहिलेको तुलनामा महिलाहरुलाइ राज्यले दिने अधिकारहरु बढाएको बताएका थिए । उनले संविधानले दिएका अधिकारहरु प्राप्त गर्नका लागि महिला सशक्तिकरण आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराईले आजको एकाइसौ सताब्दिसम्म आइपुग्दा थुप्रै परिवर्तन भएको र नयाँ प्रबिधिको बिकास भइसकेकाले पनि प्रबिधिसँगै अगाडी बढ्नुपर्ने बताए । कार्यक्रममा निबर्तमान गाउँपालिका अध्यक्ष भागीराम चौधरीले पहिलेको दास्त्वको समयबाट यहाँसम्म आइपुग्दा धेरै आरोह अबरोह पार भइसकेको र पहिलेको जस्तो कमैया बस्नुपर्ने, जातीय बिभेद जस्ता हिंसाहरुमा अहिले कमी आएको बताएका थिए ।

कार्यक्रममा वडा नंं ६ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक रोशनजंग शाहले नारी दिवस मनाइरहदा सर्बप्रथम पुरुषले महिलाहरुमाथि हेर्ने सोचमा परिवर्तन गर्न आवश्यक रहेको बताए । कार्यक्रममा वडा नंं १ का वडा अध्यक्ष रमेश भण्डारीले महिलाहरु आफु स्वयम आफ्नो हक अधिकारका लागी बढ्नु पर्ने बताएका थिए ।
वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरीले महिला वा पुरुषको नाममा विभेद गर्न नहुने बताए । प्रतीयिगितामा जीबा थापा प्रथम ,रिमा केसी द्वतीय ,इश्वरी कडेल तृतीय र कमला वलीले सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए । प्रतियोगिताको मुल्यांकनमा चर्चित गायक तथा संगीतकार गोबिन्दमधुर आचार्य र चर्चित गितका तथा गजलकार प्रबल बिष्ट रहेका थिए ।

कार्यक्रम गाउँपालिका उपाध्यक्ष पिमा खड्का वलीको अध्यक्षतामा भएको थियो । कार्यपालिका सदस्य सितरा नेपालीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महिला बिकास सहायक निरीक्षक चन्द्रा वलीले गरेकी थिइन ।