महायज्ञबाट ७ लाख बढी बचत, तत्काल भवन निमार्ण थालिने

घोराही,२० फागुन । दाङको घोराही उपमहानगरपालिका–९ तेघरामा रहेको शिव पाञ्चायन मन्दिरले महयज्ञबाट भएको आर्थिक संकलन शनिवार सार्वजनिक रिएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालाराम पौडेलको अध्यक्षतामा भएको भेलामा फागुन ६ गतेदेखि १३ गतेसम्म संञ्चालन गरिएको श्रीमद भागवन ज्ञान महायज्ञबाट मन्दिरले ७ लाख २२ हजार ९ सय ५१ रुपैयाँ बचत गर्न सफल भएको जानकारी गराइएको थियो ।

शनिवारको भोलाले मन्दिर परिसरमा जेष्ठ नागरिक दिवा सेवा केन्द्र निमार्णको उद्देश्यले सञ्चालन भएको महायज्ञमा दान गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

त्यसैगरी भेलाले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालाराम पौडेलको अध्यक्षतामा ११ सदस्य रहेको जेष्ठ नागरिक दिवा सेवा केन्द्र निमार्ण उपभाक्ता समिति गठन गरेको छ । जसको उपाध्यक्षमा भिउराम खड्का,सचिबमा ऋषिराज पौडेल, सहसचिबमा मोहन बिक्रम बस्नेत कोषाध्यक्षमा झुपा खड्का र सदस्यहरुमा सुशीला बस्नेत, शबु शाह, सुकमती चौधरी, गोवर्धन ओली, पदम कवँर र अमर भण्डारी रहेका छन् ।

त्यसैगरी मोहनबहादुर डाँगीको संयोजकत्वमा ५ सदस्य रहेको अनुगमन समिति पनि गठन गरिएको छ । जसको सदस्यमा टोपेन्द्र भटटराई, पुना थापा, झग्गुप्रसाद गौतम र बलदेव पुरी रहेका छन् । भेलाले तत्कालै जेष्ठ नागरिक दिवा सेवा केन्द्रको भवन निमार्ण थाल्ने र अपुग रकम बिभिन्न सरोकारवाला निकायबाट संक्लन गर्ने पनि बताएको छ ।