दाङ, २० फागुन । दाङको कलश बचत तथा ऋण सहकारी संस्था र सर्लाही जिल्ला हरिवन ११ स्थित सगुग साकोश विच अन्तरक्रिया कार्यक्रम आज शनिवार सम्पन्न भएको छ । संस्थाको सहकारी शिक्षा कार्यक्रम अन्तरगत अवलोकन भ्रमणका क्रममा सर्लाही पुगेको टोलिले त्यहाँ स्थित सगुन साकोशका वारेमा जानकारी लिएको छ ।
कार्यक्रममा कलशले गरेको कार्यका वारेमा जानकारी दिएको छ । सगुनका अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रवन्धक रविन्द्र रानाले ३६ जनाको सहभागीतामा २०५७ सालमा स्थापना भएको संस्थाको हाल १० अरब ५९ लाख २१ हजार ५ सय चार रूपैयाको व्यालेन्ससिट रहेको जानकारी दिनुभयो ।
हाल ११ हजार तीस जना सेयर सदस्य रहेको संस्थामा ३० जना कर्मचारी र पाँच तले लिफ्ट सहितको आफ्नै भवन रहेको जानकारी दिनुभयो । यस्तै संस्थाले मोवाईल बैंकिङ,एटिएम सुविधा समेत दिदै आएको उहाले बताउनुभयो । सो अवसरमा कलशका अध्यक्ष बालचन्द्र शर्माले दाङकै उत्कृष्ट सहकारी संस्थाको रूपमा कलश अगाडि बढिरहेको भन्दै संस्थाले हाल सम्म गरिरहेका गतिविधि र आर्थिक अवस्थाका वारेमा जानकारी दिनुभएको थियो ।