दाङ, १८ फागुन । कोड फर चेन्ज दाङले कार्यसमिति र कलेज प्रतिनिधिबिच अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रम कोड फर चेन्ज दाङका प्रोजेक्ट लिड रणबहादुर खड्काको सभापतित्व तथा अम्बिकेश्वरी क्याम्पसका प्रमुख चन्द्रप्रकाश खनालको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा विभिन्न बिषयमा प्रोजेक्ट लिड रण बहादुर खड्काले प्रस्तुती राखेका थिए । कार्यक्रममा टेक लिड हरिनारायण चौधरी, हुमेन रिसर्च लिड प्रज्ञा लामिछानेले विभिन्न विषयमा जानकारी गराएका थिए ।