तुलसीपुर,१७ फागुन । जनता विद्यापिठ क्याम्पस बिजौरीमा नेविसघंको इकाई समिति गठन गरिएको छ । बुधवार सम्पन्न भएको भेलाले उमेश उपाध्यायलाई सभापतिमा चयन गरेको छ । समितिको उपसापतिमा सुजन पौडेल,सचिवमा रमेश कुमार भट्राई,कोषाध्यक्षमा बिमला पुरीलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा लक्ष्मण गौतम, महेश उपाध्याय, अनिकेत खनाललगायत २३ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जनता विद्यापिठका इकाइ सचिव केशव खनालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल विद्यार्थी सघं दाङका सभापति कुलराज पोख्रेलले सगंठनको विधि विधान र पद्धतीमा रहेर सगंठनलाई चलायमान बनाउन र आसन्न स्वबियु निर्वाचन नेसवसघंले जित्ने गरि गतिविधिहरुलाई अगाडी बढाउन आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं. २ का सचिव हिमबहादुर डाँगीले नेविसंघ नेपाली कांग्रेसको मेरुदण्ड र कांग्रेस जन्माउने नर्सरीको रहेको बताउँदै हरेक विद्यार्थीहरुको हकहितको सवालमा नेविसघंले आवाज उठाउनुपर्ने बताए ।
त्यस अवसरमा नेपाली कांग्रेस तुलसीपुर १८ का सभापति बिरेन्द्रकुमार खड्का,१९ का सभापति पदम वली, नेविसघं दाङका सदस्य गुरु गौतम,क्षेत्रीय प्रतिनिधि धना डाँगी,नेविसघं नेता हरिशचन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सहजीकरण नेविसघंका नेता बिदुर गौतमले गरेका थिए ।