मिटरव्याजी र महंगीको विरोधमा नेकपाद्वारा प्रदर्शन

दाङ,१५ फागुन । पछिल्लो समय देशमा बढेको मिटरब्याज, महंगी, भ्रष्टाचार, चर्काे बैंक व्याजदर र वित्तिय सस्थाहरुको ज्यादतीका विरुद्ध नेपाल कम्युनिष्ट पाटी पूर्वी दाङ जिल्ला समितिले विरोध प्रदर्शन गरेको छ ।

घोराहीको सहिदगेटबाट सुरु भएको विरोध ¥याली बजारको विभिन्न भागको परिक्रममा गर्दै तुलसीपुर चोकमा पुगेको थियो । तुलसीप्ुर चोकमा भएको विरोधसभालाई सम्वोधन गर्ने नेताहरुले सरकारले मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को व्याज दर र चर्को महँगीलाई नियन्त्रण गर्न आग्रह गरेका थिए । मिटरव्याज र बैंक तथा लुवित्तको चर्काे व्याज दरका कारण गरिवलाई बाच्नै गाह्रो र व्यवसायीहरुलाई व्यवसाय गर्ने बातावरण नभएको भन्दै उनीहरुले सरकारलाई चर्काे मंहगी र मिटरव्याजीहरुको आतंक रोक्न आग्रह गरेका थिए ।

विरोधसभालाई नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य शीतल सि, नेपाल कम्युनिष्ट पाटीका केन्द्रीय सदस्य तथा दाङ पूर्वी जिल्ला इन्चार्ज सम्झाना सि, दाङ जिल्ल उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीलगायतले सम्वोधन गरेका थिए । नेकपाले गरेको विरोध¥यालीलाई दाङ जिल्ला उद्योग बाणिज्य संघ र दाङ जिल्ला निर्माण व्यवसायी संघले समर्थन गरेका थिए । कार्यक्रमको सहजीकरण पूर्व दाङ जिल्ला सेक्रेटरी जनक सिले गरेका थिए । ¥यालीका क्रममा नारावाजी समेत गरेका थिए ।