पूर्वी जेठ कुसुम्या परिवारको तेस्रो गोत्यार सम्मेलन

घोराही, १३ फागुन । पूर्वी जेठ कुसुम्या परिवारको तेस्रो गोत्यार सम्मेलन शनिबार घोराही उपमहानगरपालिका–१७ वर्गद्दीमा सम्पन्न भएको छ ।

गोत्यारका अध्यक्ष रामचन्द्र चौधरीको अध्यक्षता र वडा नम्बर १७ का वडा अध्यक्ष रामलौटन चौधरीको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो।

कार्यक्रममा बोल्ने वक्ताहरूले विभिन्न समुदायमा आधारित रहेकोले आफ्ना थर र गोत्र बिर्सने भइरहेको बताएका थिए । अहिलेका पुस्ताले थर, गोत्र , भाषा, कला, सस्कृति र धर्म भुल्न थालेपछि जागरुक बनाउन गोत्यार सम्मेलनको ठुलो महत्त्व रहेको बताएका थिए ।

नयाँ पुस्ताका युवा क्षेत्रलाई सामाजिक,आर्थिक र सास्कृतिक मुल्य मान्यतालाई हस्तान्तरण समेत आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा वडा नम्बर १७ का निवर्तमान वडा अध्यक्ष खुसीराम चौधरी, वडा सदस्य धनिराम चौधरी, घोटैली गोत्यार समाज दाङका सल्लाहकार प्रकाश घोटैली, पूर्वी जेठ कुसुम्या परिवार बर्दियाका निर्मला चौधरी, गोपाल थारु , कैलाली टिकापुरका पञ्चुराम चौधरी, रमल चौधरीलगायतले सम्मेलनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

स्थानीय छल्लु चौधरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सीता चौधरीले गरेकी थिइन ।