दंशीशरणमा साप्ताहिक सरसफाई अभियान

दंगीशरण,१४ फागुन । दंगीशरणमा फोहोर व्यवस्थापनका लागि सप्ताहिक अभियान सुरुवात गरेको छ । दंगीशरण गाउँपालिका–३ स्थीत हेकुली बैबाङ टोल बिकास सस्थाको आयोजनामा ब्यबस्थीत सहरीकरण र स्वच्छ दंगीशरणको परिकल्पना गर्दै आफ्नो टोलहरुभित्रको फोहोर व्यवस्थापनका लागि सप्ताहिक कार्यक्रम सुरु भएको हो ।
स्थानीयवासी जनप्रतिनिधिको रोहबरमा अभियानको सुरु गरेको दंगीशरण वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरीले जानकारी दिएका छन् । अभियानलाई सफल बनाउन र सबैलाई सरसफाइप्रति प्रेरित गर्न गाउँपालिका अध्यक्ष शम्भु गिरीलगायतका जनप्रतिनिधिहरु अभियानमा सहभागी भएका थिए ।
सरसफाइ अभियानमा सहभागी हुदै गाउँपालिका अध्यक्ष गिरीले आफ्नो घर वा कार्यालयबाट निस्किने फोहोरलाई रोकथाम गरी फोहोरमैला ब्यबस्थापनमा सहयोग गर्न गाउँपालिकावासी आग्रह गरेका छन् । गर्मीयामको शुरूवात र बढ्दो जनसंख्या वृद्धिका कारण उत्पन्न फोहोरको ब्यबस्थापन र स्वच्छ हरियाली दंगीशरण गराउन अभियानको शुरू गरेको हेकुली बैबाङ टोल विकास समितिका अध्यक्ष मधुकर रानाले बताए । शनिवारदेखि सुरु भएको अभियानलाइ निरन्तर संचालन गरिने उनको भनाई रहेको छ ।