देउखुरीमा नेविसंघको आयोजनामा रक्तदान

शिव राज खनाल
दाङ, ८ फागुन । दाङमा रगतको अभाव हुन नदिन नेपाल बिद्यार्थी संघ देउखुरी बहुमुखी क्याम्पस इकाईले रक्तदानलगायतका विभिन्न कार्यक्रमहरु गरेको छ । कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए ।

त्यसैगरी नेविसंघ देउखुरी बहुमुखी क्याम्पस इकाई सभापती शिशिर वलीको अध्यक्षता तथा प्रदेशसभा सदस्य लोका विकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्याम्पस प्राङगणमा नेपालको राष्ट्रिय झण्डाउत्तोलन तथा ,सरसफाइ कार्यक्रम गरिएको थियो । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्इ विश्वकर्माले कांग्रेस बलियो भए मात्रै देशको राजनीतिक अवस्था सुधार हुने बन्दै कांग्रेसलाई बलियो र संगठित बनाउनका लागि नेपाल विद्यार्थी लाग्नुपर्ने बताएकी थिइन ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका सचिव बालिका लम्साल, र नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि जानकीलाल बस्नेतले नेपाल बिधार्थि संघको मसाल र कलमको चिन्ह अङ्कित झन्डा शिक्षा र क्रान्तिको प्रतिक भएको भन्दै संघमा आबद्ध विद्यार्थीहरु क्रान्ति नायक भएकोले अन्यायको बिरद्धमा खबरदारी र शिक्षा आर्जनमा ईमान्दारीताको हिसाबले अघि बढ्न आग्रह गरेका थिए ।

त्यसैगरी कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरु मधु न्यौपाने, गिरिजादेवी न्यौपाने, कांग्रेस लमहीका सभापति सन्तोष बुढाथोकीलगायतले नेपाल बिधार्थि संघ आफैमा सबै भन्दा पुरानो र क्रान्तिको सस्था भएको बताएका थिए । अम्रेशकुमार यादबको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण चन्द्रमान यादबले गरेका थिए ।