हात्तीपाइले रोगको औषधी सेवन अभियान, नखानेहरू ‘निगरानीमा’

इन्द्र डि.सी
दाङ, ^ फागुन । लगातार १२ वर्षसम्म हात्तीपाइले रोग विरूद्ध औषधी सेवन अभियान जिल्लामा सञ्चालन गरे पनि जोखिम रोक्न समस्या भएपछि यो पटक औषधी नखानेहरूको उच्च निगरानी गरिने भएको छ । स्वास्थ्य कार्यालय दाङकाअनुसार अझै पनि ४ प्रतिशतमा हात्तीपाइले रोगका बिरामी छन् । ‘औषधी सेवन अभियानलाई अन्तिम बनाउने योजना अनरूप यो पटक फागुन ११ गतेदेखि जिल्लामा अभियान सञ्चालन गर्दैछौँ’, स्वास्थ्य कार्यालयका निमित्त जन स्वास्थ्य प्रमुख डम्बरबहादुर कुवँरले भने, ‘त्यो अनरूप यो पटक अभियानलाई प्रभावकारी बनाउने निर्णय स्थानीय पालिकाले गरेका छन् ।’

कार्यालयकाअनुसार अभियानमा सहभागी नहुनेको विशेष पहिचान गर्ने गरेर पालिकाले योजना बनाएका छन् । औषधी नखानेको लिस्ट तयार पार्ने, घरमै बस्ने, नङमा रङ लगाउने र घरमा चिह्न लगाउने योजना पालिकाहरूले तयार पारेका छन् । बंगलाचुली गाउँपालिकाले नखानेका तथ्याङ्क तयार पार्ने र नखानेका घरमै बसेर औषधी खुवाएर मात्र फर्कने योजना बनाएको स्वास्थ्य कार्यालयका फोकल पर्शन कमल चन्दले बताए । ‘यो सबैको साझा अभियान हो, विगतमा १२ पटक अभियान सञ्चालन गर्दा पनि लक्ष्यमा पुग्न सकिएको छैन । यो सबैको साझा चिन्ताको विषय बनेको छ’, उनले भने, ‘त्यो भएर यो पटक बढी निगरानी गर्नुपर्ने भएको छ ।’

घोराही उपमहानगरपालिकाले पनि नखानेको नङमा रँग लगाउने र घरमा चिह्न लगाउने योजना बनाएको छ । यसैगरेर जिल्लाका अन्य पालिकाले पनि अभियानलाई प्रभावकारी बनाउन योजना ल्याएका छन् । ‘यो साझा अभियान भएकाले सबैको चासो र चिन्ता छ । यस्ता योजना र निर्णयले औषधी नखाने नागरिकलाई समेत अभियानमा जोड्न सकिन्छ भनेर पालिकाले योजना बनाएका हुनु’, उनले भने, ‘यसले अभियानलाई प्रभावकारी बनाउन सहयोग पु¥याउने विश्वास छ ।’

जिल्लामा दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिका छन् । यसैगरेर अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्य कार्यालयले पनि सरोकारलासँग छलफल र बैठक गर्दै अभियानमा जोडिन अनुरोध गर्दै आएको छ । ‘कार्यालयले पनि सरोकारलासँग छलफल र बैठक गरेको छ’, चन्दले भने, ‘स्थानीय तहले पनि आप्mनो क्षेत्रमा काम गरिरहेका छन् ।’ जिल्लामा पटक–पटक अभियान सञ्चालन भएको छ तर जोखिम भने अझै टरिसकेको छैन । खास गरेर अभियानमा औषधी सेवन गर्ने जोडिन नसक्दा नै मुख्य समस्या बन्ने गरेको छ ।

कार्यालयका फोकल पर्शन चन्दकाअनुसार शिक्षित र सहरिया जनसंख्या नै अभियानमा कम सहभागिता जनाउने गरेका छन् । ‘गाउँका मानिस जोडिने गरे पनि सहरिया र शिक्षित नै अभियानमा जोडिन मन नगरेको पाइएको छ’, उनले भने, ‘यस कारण पनि जोखिम टार्न सकिएको छैन ।’ लुम्बिनी प्रदेशका दाङसहित बाँके र कपिलवस्तु जिल्ला हात्तीपाइले रोगका जोखिम जिल्लामा छन् ।

‘औषधी खानेले प्रत्येक वर्षका अभियानमा जोडिने तर नखाने प्रत्येक वर्षका अभियानलाई नजरअन्दाज गर्दै अभियानमा जोडिन मान्नुभएको छैन’, उनले भने, ‘यो नै मुख्य चुनौतीका रूपमा छ ।’ यसैगरेर निरक्षर, भुगोल, जातीयता र धार्मिक आस्था पनि समस्यामका रूपमा छन् । विशेष गरेर राजपुर, दंगीशरण, गढवा, र बंगलाचुली गाउँपालिकामा हात्तीपाइले रोगको औषधी सेवनलाई प्रभावकारी बनाउन प्रत्येक वर्ष चुनौती बन्ने गरेको छ ।

भूगोलको हिसाबले बंगलाचुली पहाडी गाउँपालिका हो भने राजपुर, गढवा र दंगीशरण गाउँपालिकामा जातीयताका केही न केही प्रभाव क्षेत्र हुन् । विगतका वर्षमा जिल्लामा चलेका औषधी सेवन अभियानमा स्वयम्सेविका समेत खट्ने गरेका थिए तर यो पटक स्वयम्सेविका भन्दा स्वास्थ्यकर्मी नै परिचालन गरिने स्वास्थ्य कार्यालय दाङले जनाएको छ । ‘स्वयम्सेविका यो पटक सहयोगीको रूपमा खटिन सक्नुहुन्छ ।

विशेष गरेर औषधी खुवाउने काम स्वास्थ्यकर्मी नै खट्ने छन्’, फोकल पर्शन चन्दले भने । उनकाअुनसार जिल्लाभर अभियानमा औषधी खुवाउन ६ सय बढी स्वास्थ्यकर्मी परिचालन हुनेछन् । अभियानमा स्वास्थ्यकर्मीले तीनवटा औषधी खुवाउने छन् । विगतमा दुई प्रकारका औषधी खुवाउने गरे पनि गत वर्षदेखि एउटा थपेर तीन प्रकारका औषधी खुवाउने गरेका छन् । अलबेण्डाजोल, डिइसी र आइभरमेटिन नामक औषधी यो अभियानअन्तर्गत खानु पर्नेछ । जिल्लाको ८० प्रतिशत जनसंख्यालाई औषधी खुवाउने यो पटकको लक्ष्य छ । जिल्लामा ६ लाख ६६ हजारभन्दा धेरै जनसंख्या छ ।

पत्रकारसँग छलफल

यसैबीच स्वास्थ्य कार्यालयले हात्तीपाइले रोगको आम औषधी सेवन अभियान प्रमावकारी बनाउने विषयमा छलफल गरेको छ । छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले स्वस्थ नागरिक बनाउने राज्यको यो अभियानलाई सफल बनाउन सबैको दायित्व भएको बताए । ‘स्वस्थ नागरिक बनाउन औषधी चाहिन्छ’, अध्यक्ष पोख्रेलले भने, ‘त्यो अभियानमा जोडिन नागरिकलाई सही र तथ्य सूचना दिनु पत्रकारको मुख्य दायित्व हो ।’

उनले अभियानलाई प्रभावकारी बनाउन सही सूचना दिएर सहयोग गर्न सबै पत्रकारलाई आग्रह समेत गरे । कार्यालयका निमित्त प्रमख कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस काउन्सिलका सदस्य शरद अधिकारी र नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष सविन प्रियासन र उपाध्यक्ष सन्तोष सुवेदीलगायतले सुझाव राखेका थिए । कार्यक्रमको सहजीकरण कार्यालयका शाखा अधिकृत बामदेव शर्माले गरेका थिए ।